काठमाडौं, साउन १४ । चीनको तिब्बत क्षेत्रबाट बगेर आउने ल्हेन्दे खोलामा फेरि पनि ठूलो बाढी आएको छ । सो बाढीले रसुवा, नुवाकोट हुँदै बग्ने भोटेकोशी र त्रिशुली नदी किनारको क्षेत्र डुबानमा परेको छ ।
बाढीले नुवाकोट र रसुवाको सिमानामा पर्ने उत्तरगया धाम डुबानमा परेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । गत असार २५ गते आएको बाढीले बगाएको नेपाल–चीन मितेरी पुल रहेको क्षेत्रमा चीनले थालेको निर्माणको काम बन्द भएको छ ।
रसुवामा र चीनको तिब्बत क्षेत्रमा मंगलबार वर्षा भएको थियो । सोही वर्षाका कारण बाढी आएको अनुमान छ । रसुवाको उत्तरगया गाउँपालिका आसपासका क्षेत्र र किस्पाङको त्रिशुली थ्री बी हब लगायत क्षेत्रमा जल सतह बढेको देखिन्छ ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बाढी कम नभएकाले क्षति हुनसक्ने भएकाले सतर्कताका सूचना जारी गरिएको छ । उनका अनुसार अहिलेसम्म जनधनको क्षति पुगेको जानकारी आइसकेको छैन । यद्यपि सूचना संकलन गर्न र आवश्यक परे उद्धार गर्नका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।
Published Date: 30 July 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news