मंगोलियन हार्टले पहिलो पटक न्यूजिल्याण्ड सांगीतिक टूर गर्ने

मंगोलियन हार्टले पहिलो पटक न्यूजिल्याण्ड सांगीतिक टूर गर्ने : Icon Khabar

काठमाडौं, साउन ११ । नेपालको लोकप्रिय सांगीतिक समुह (ब्याण्ड) मंगोलियन हार्टले पहिलो पटक न्यूजिल्याण्ड सांगीतिक टूर गर्ने भएको छ ।

सन् १९९२ मा स्थापना भएको यो ब्याण्डले सन् २०२५ को विशेष टूर अन्तर्गत न्यूजिल्याण्डका तीन प्रमुख शहरहरू– क्राइस्टचर्च, अकल्यान्ड तथा टाउरङ्गामा आफ्ना दर्शक–श्रोतामाझ प्रत्यक्ष सांगीतिक प्रस्तुति दिने भएको हो ।

न्यूजिल्यान्डमा पहिलो पटक म्युजिकल टूर गर्न पाउँदा उत्साहित छ यो ब्याण्ड । टुरलाई भव्य बनाउन गज्जब तयारी गरिरहेको बताउँछन्, ब्यान्डका म्यानेजर तथा गितारिस्ट बोबी लामा । ‘हामी नयाँ तथा पुराना दुवै गीतहरू प्रस्तुत गरेर दर्शकलाई पूर्ण मनोरञ्जन दिने तयारीमा छौं । दर्शकको मायाले नै आज हामीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म ल्याएको हो,’ लामाले भनेका छनु ।

मंगोलियन हार्टको आठ सदस्यीय टोली यही जुलाई २९ अर्थात साउन १३ गते मंगलवारका दिन काठमाडौंबाट न्यूजिल्याण्डका लागि प्रस्थान गर्नेछ । यो टूरको आयोजना स्थानीय इभेन्ट कम्पनी सम्बन्ध इभेन्ट्सद्वारा गरिएको हो ।

सांगीतिक यात्राका क्रममा ब्याण्डले आफ्ना सुपरहिट गीतहरूको प्रस्तुति दिनेछ भने नेपाली समुदायलाई एकै ठाउँमा ल्याई सांस्कृतिक उत्सवको रूप दिने लक्ष्य लिइएको छ । नेपाली संगीतप्रेमीहरूका लागि यो टूर एक अविस्मरणीय अवसर बन्ने आयोजकको विश्वास छ । ब्याण्डको टोली आगामी अगस्ट १५ मा नेपाल फर्किने छ र त्यसपछि अगस्ट २० मा मिजोरम, उत्तर–पूर्व भारतमा आफ्नो प्रस्तुति दिन जाँदैछ ।

गायक राजु लामा लिड भोकलिस्ट रहेको यो ब्यान्डमा बोबी लामा रिदम गिटार, भूपेन्द्र बज्राचार्य लिड गिटार, सन्तोष थापा ड्रम, विनय महर्जन बाँसुरी, बाबुराजा महर्जन परकसन ९मादल०, पवन कपाली बास गिटार र निरेन्द्र रञ्जित साउन्ड इन्जिनियर रहेका छन् ।

बाँदलपारिको देशबाट, मेरो नेपाल, सुम्निमा, म माया लाउँदिनँ, हल्ला चलेछ, तिमीलाई देखेर, पर्खाइमा, सायद तिम्रो बाटोमा, उँभो उँभो खासा, सैलुङ्गे मेला आदि मंगोलियन हार्टका लोकप्रिय गीतहरू हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 July 2025
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने