बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न : Icon Khabar

भक्तपुर, साउन १० । बासु माध्यमिक विद्यालयमा कक्षा १० का विद्यार्थीहरूको विदाइ तथा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागत गर्न एक भव्य कार्यक्रमको आयोजना गरिएको छ। उत्सवमय वातावरणमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सभापतित्व कक्षा ११ र १२ फेयरवेल समितिका अध्यक्ष राजन मलेपतिले गरेका थिए भने प्रमुख अतिथिका रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बासुकलाको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रधानाध्यापक रबिलाल प्रधान, सहायक प्रधानाध्यापक राजकुमार ह्योल्मिखा, साथै विद्यालयका विभिन्न शिक्षक–शिक्षिकाहरूले मन्तव्य राख्दै विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राका लागि शुभकामना प्रदान गरे।

विज्ञान शिक्षक सुमन धौबञ्जार र अङ्ग्रेजी शिक्षक रामकुमार निरौलाले शुभकामना मन्तव्य राख्दै शिष्टता, अनुशासन, निरन्तर अभ्यास र सकारात्मक सोचले नै जीवनमा सफलता प्राप्त गर्न सकिनेमा जोड दिए। उनीहरूले कक्षा ११ का विद्यार्थीहरूलाई +2 मा उत्कृष्ट नतिजा ल्याउने दिशामा अग्रसर हुन प्रेरणा दिँदै उज्ज्वल भविष्यको कामना गरे।

कक्षा ११ र १२ का संयोजक पुनेन्द्र प्रसाद कुसीले विद्यालयले विद्यार्थीहरूको समग्र विकासका लागि निरन्तर प्रयास गरिरहेको जानकारी गराउँदै भावी योजनाहरू पनि प्रस्तुत गरे।

प्रमुख अतिथि बासुकलाले आफ्नो मन्तव्यमा शिक्षा मात्र नभई अनुशासन, समयपालन र जिम्मेवारी बोध विद्यार्थी जीवनको मेरुदण्ड भएको उल्लेख गर्दै विद्यालय, परिवार र समाजप्रतिको उत्तरदायित्व कहिल्यै नबिर्सन आग्रह गरे।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति, कविता, गीत, नृत्य लगायतका विधाहरू समावेश गरिएका थिए, जसले सम्पूर्ण सहभागीलाई मनोरञ्जन र प्रेरणा दुवै प्रदान गर्‍यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 July 2025
Website | + posts