शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर : Icon Khabar

काठमाडौँ, साउन ९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रूपैयाँ ५६ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६२ रूपैयाँ ०८ पैसा र बिक्रीदर १६२ रूपैयाँ ७८ पैसा , युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रूपैयाँ ८१ पैसा र बिक्रीदर १८७ रूपैयाँ ६२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७४ रूपैयाँ ३८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ २१ पैसा र बिक्रीदर ९१ रूपैयाँ ६१ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ३३ पैसा र बिक्रीदर १०१ रूपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपैयाँ र बिक्रीदर १०८ रूपैयाँ ४७ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ४१ पैसा र बिक्रीदर नौ रूपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २८ पैसा र बिक्रीदर १९ रूपैयाँ ३६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०१ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ २७ पैसा र बिक्रीदर चार रूपैयाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ ७३ पैसा र बिक्रीदर ३२ रूपैयाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ ०७ पैसा र बिक्रीदर १० रूपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ४७ पैसा र बिक्रीदर १४ रूपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ७१ पैसा र बिक्रीदर २१ रूपैयाँ ८१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५७ पैसा र बिक्रीदर १७ रूपैयाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ ३० पैसा र बिक्रीदर ४५४ रूपैयाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३६७ रूपैयाँ ६३ पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३५९ रूपैयाँ ८९ पैसा रहेको छ।

भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंककले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंककले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंककको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

Published Date: 25 July 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु