रास्वपाको उम्मेदवार हुन प्रहरी रिपोर्ट पेश गर्नुपर्ने

रास्वपाको उम्मेदवार हुन प्रहरी रिपोर्ट पेश गर्नुपर्ने : Icon Khabar

काठमाडौँ, साउन २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार छनोटसम्बन्धी कार्यविधि सार्वजनिक गरेको छ। रूपन्देही–३ को उपचुनावको सन्दर्भमा रास्वपाले उम्मेदवार छनोटसम्बन्धी कार्यविधि तयार पारेको थियो। पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य नेतृत्वको समितिले उक्त कार्यविधि तयार पारेको हो। यसलाई गत असार २५ गते बसेको सचिवालय बैठकले अनुमोदन गरेको थियो।

पारित कार्यविधिअनुसार उम्मेदवार हुन ६ वटा योग्यता तय गरिएको छ।

कार्यविधिअनुसार प्रचलित कानुनबमोजिम उम्मेदवार हुन योग्य भएको व्यक्ति उम्मेदवार हुन पाउनेछन्। पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिमा सम्पत्ति विवरण बुझाएको हुनुपर्नेछ।

त्यस्तै प्रहरी रिपोर्ट पेश गरेको हुनुपर्नेछ। जसमा असल चालचलन रहेको हुनुपर्ने रास्वपाले बताएको छ।

भ्रष्टाचार, जबरजस्ती करणी, मावन बेचबिखन तथा ओसारपसार, लागुऔषध कारोबार, निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरण, हत्या वा नैतिक पतन देखिने गम्भीर कसुरमा सजाय नपाएको, अन्य फौजदारी कसुरमा सजाय भुक्तान गरेको भए पनि अवधि सकिएको कम्तीमा एक वर्ष पूरा भएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ।

पार्टीको मूल्यमान्यता, सिद्धान्तप्रति प्रतिबद्ध रहेको हुनुपर्ने र अन्य कुनै राजनीतिक दलसँग आबद्ध नरहेको हुनुपर्ने उल्लेख छ।

Published Date: 18 July 2025
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय