नेपाल–चीन सिमानास्थित रसुवागढीको मितेरी पुलको ठाउँमा बेलिब्रिज निर्माण गर्ने

नेपाल–चीन सिमानास्थित रसुवागढीको मितेरी पुलको ठाउँमा बेलिब्रिज निर्माण गर्ने : Icon Khabar

काठमाडौँ, साउन २ । असार २४ गते बिहान ३ बजे आएको भीषण बाढीपहिरोले बगाएको नेपाल–चीन सिमानास्थित रसुवागढीको मितेरी पुलको ठाउँमा दसैँअघि नै बेलिब्रिज निर्माण गर्न छलफल भएको छ ।

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि चीनका राजदूत चेन सोङबिच भएको भेटमा राजदूत चेनले दसैँअघि नै मितेरी पुल भएको ठाउँमा बेलिब्रिज राखिने बताउनुभएको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए ।

उनले राजदूत चेनसँग एकदमै सकारात्मक छलफल भएको बताउनुभयो । सचिव शर्माले भने, “हामीले रसुवागढी नाका सकेसम्म छिटो खुलाउन र मितेरी पुल बनाउन राजदूतसँग अनुरोध गर्‍यौँ । राजदूतले दसैँअघि नै बेलिब्रिज राख्ने प्रयासमा छौँ भने ।’’ नाका खुलाउन र पुल बनाउन चिनियाँ पक्ष लागिराखेको सचिव शर्माले जानकारी दिए।

त्यसै गरी भेटमा बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेँसी–रसुवागढी सडक पुनर्निर्माण, चिनियाँ सहयोगमा सञ्चालित अन्य आयोजनाहरू टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमिकोट सडक, खाँदबारी–किमाथाङ्का सडकलगायतका विषयमा पनि छलफल भएको थियो । छलफलमा राजदूत चेनले काठमाडौँ–चक्रपथ दोस्रो खण्ड विस्तारको काम छिट्टै सुरु हुने बताए । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल र स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड बगाएपछि चीनसँगको सो व्यापारिक नाका नौ दिनदेखि ठप्प छ ।

Published Date: 18 July 2025


ताजा
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३९ जनाको शव फेला
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क