आर्सनललाई उछिन्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

आर्सनललाई उछिन्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा : Icon Khabar

काठमाडौँ, फागुन ४ । म्यानचेस्टर सिटी आर्सनललाई उछिन्दै नोभेम्बरयता पहिलो पल्ट इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । सिटीले बुधबारको खेलमा यसअघि पहिलो स्थानमा रहेको आफ्नो प्रतिद्वन्द्वी आर्सनललाई ३–१ ले हरायो ।

लिगको यस सिजनको सबैभन्दा ठूलो र महत्त्वको खेलमा सिटीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो । केभिन डे ब्रुएनाले सिटीका लागि पहिलो गोल गरेयता आर्सनलका तर्फबाट बुकायो साकाले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा ज्याक ग्रेलिस र इर्लिङ हालान्डले गोल गरे । यो जितपछि सिटी र आर्सनल समान ५१ अंकमा रहे । सिटी गोल अन्तरले अगाडि रहेको हो । तर उसले आर्सनलको तुलनामा एक खेल बढी खेलेको छ ।

Published Date: 16 February 2023












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड