आर्सनललाई उछिन्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

आर्सनललाई उछिन्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा : Icon Khabar

काठमाडौँ, फागुन ४ । म्यानचेस्टर सिटी आर्सनललाई उछिन्दै नोभेम्बरयता पहिलो पल्ट इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । सिटीले बुधबारको खेलमा यसअघि पहिलो स्थानमा रहेको आफ्नो प्रतिद्वन्द्वी आर्सनललाई ३–१ ले हरायो ।

लिगको यस सिजनको सबैभन्दा ठूलो र महत्त्वको खेलमा सिटीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो । केभिन डे ब्रुएनाले सिटीका लागि पहिलो गोल गरेयता आर्सनलका तर्फबाट बुकायो साकाले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा ज्याक ग्रेलिस र इर्लिङ हालान्डले गोल गरे । यो जितपछि सिटी र आर्सनल समान ५१ अंकमा रहे । सिटी गोल अन्तरले अगाडि रहेको हो । तर उसले आर्सनलको तुलनामा एक खेल बढी खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 February 2023
Website | + posts




ताजा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
विश्वभर तीव्र रूपमा बढ्दैछ प्राणघातक रोग क्यान्सर
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित