निर्वाचन आयोगद्वारा चितवन–२ को उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति तय

निर्वाचन आयोगद्वारा चितवन–२ को उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति तय : Icon Khabar

काठमाडौं, फागुन ३। निर्वाचन आयोगले आगामी वैशाख ३ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति तोकेको छ । चितवन क्षेत्र नं २ को उपनिर्वाचन वैशाख २३ गते हुने भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार वैशाख ४ गते उम्मेदवारविरुद्ध परेको उजुरी, वैशाख ५ गते उम्मेदवार दर्ता र उजुरीको समीक्षा गरी उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।

त्यसैगरी निर्वाचन आयोगले वैशाख २१ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको जनाएको छ । निर्वाचन कार्यतालिका अगावै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न आयोगले निर्वाचन कार्यालयलाई परिपत्र गरेको जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी यामबहादुर पुर्जाले जानकारी दिए ।

अहिले कार्यालयले सूची अद्यावधिक गर्ने काम गरिरहेको छ । मतदाता नामावली फागुन १३ गतेदेखि चैत ३० गतेसम्म अद्यावधिक गरिने छ। मंसिर २० गते भएको निर्वाचनमा यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सांसद बन्न अयोग्य ठहर भएका थिए ।

उनीहरुले जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा नाम दर्ता गराएका छन् । आयोगले उपनिर्वाचनको मिति तय गरिसकेकाले जिल्लामा मतदाता नामावली संकलनको काम रोकिएको छ ।

Published Date: 15 February 2023












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड