निर्वाचन आयोगद्वारा चितवन–२ को उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति तय

निर्वाचन आयोगद्वारा चितवन–२ को उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति तय : Icon Khabar

काठमाडौं, फागुन ३। निर्वाचन आयोगले आगामी वैशाख ३ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति तोकेको छ । चितवन क्षेत्र नं २ को उपनिर्वाचन वैशाख २३ गते हुने भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार वैशाख ४ गते उम्मेदवारविरुद्ध परेको उजुरी, वैशाख ५ गते उम्मेदवार दर्ता र उजुरीको समीक्षा गरी उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।

त्यसैगरी निर्वाचन आयोगले वैशाख २१ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको जनाएको छ । निर्वाचन कार्यतालिका अगावै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न आयोगले निर्वाचन कार्यालयलाई परिपत्र गरेको जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी यामबहादुर पुर्जाले जानकारी दिए ।

अहिले कार्यालयले सूची अद्यावधिक गर्ने काम गरिरहेको छ । मतदाता नामावली फागुन १३ गतेदेखि चैत ३० गतेसम्म अद्यावधिक गरिने छ। मंसिर २० गते भएको निर्वाचनमा यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सांसद बन्न अयोग्य ठहर भएका थिए ।

उनीहरुले जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा नाम दर्ता गराएका छन् । आयोगले उपनिर्वाचनको मिति तय गरिसकेकाले जिल्लामा मतदाता नामावली संकलनको काम रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 February 2023
Website | + posts




ताजा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
विश्वभर तीव्र रूपमा बढ्दैछ प्राणघातक रोग क्यान्सर
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित