इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गर्दा ३ जनाको मृत्यु

इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गर्दा ३ जनाको मृत्यु : Icon Khabar

काठमाडौ, असार १० । इरानले इजरायलतर्फ एकपछि अर्को गरी क्षेप्यास्त्र प्रहार गर्दा दक्षिणी सहर बेअरशेबामा कम्तीमा ३ जनाको मृत्यु भएको इजरायली सञ्चारमाध्यमले जनाएको छ ।

मृत्यु हुनेमा दुई जना ४० वर्षको हाराहारीका पुरुष र महिला, र एक जना २० वर्षका पुरुष रहेका छन् । यहाँ केही नागरिक घाइते भएका बताइएको छ ।

इजरायली सञ्चार माध्यमका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच ‘१२ दिनको युद्ध’ अन्त्य गर्न युद्धविराममा सहमति भएको बताएपछि यो हमला भएको हो ।

ट्रम्पले घोषणा गरेअनुसार इरान–इजरायलबीच युद्धविराममा सहमति भएको दाबी गरिए पनि अहिलेसम्म इजरायलले औपचारिक रूपमा यसको पुष्टि गरेको छैन। इरानले भने आफ्नो पक्षबाट युद्धविराम स्वीकारेको कुरा सरकारी टेलिभिजनमार्फत जनाएको छ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल पोस्टमार्फत घोषणा गरे अनुसार इरान र इजरायलबीच पूर्ण युद्धविराम लगभग ६ घण्टामा सुरु हुने बताए पनि इजरायलले अहिलेसम्म युद्धविराम स्वीकृत गरेको छैन ।

त्यसयता इजरायलको उत्तरतर्फ पनि फेरि साइरन बजिरहेको छ।

इजरायलको अर्को सञ्चार संस्था आईएलटीभीले इजरायलको आपतकालीन सेवा निकायका प्रमुख एली बिनलाई उद्धृत गर्दै बेअरशेबामा इरानद्वारा गरिएको पछिल्लो क्षेप्यास्त्र आक्रमणमा गम्भीर क्षति पुगेका तीन भवनमा मानिसहरू फसेको आशंका व्यक्त गरेको छ।

तीमध्ये एक भवनको चौथो तलामा रहेको सुरक्षित कोठाबाट कम्तीमा तीन जनालाई सकुशल उद्धार गरिएको छ। उक्त भवनमा क्षेप्यास्त्र सिधा प्रहार भएको बताइएको छ।

यो उद्धार प्रयासका बीच इरानबाट थप क्षेप्यास्त्र प्रहारको चेतावनीहरू जारी भइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 June 2025
Website | + posts


ताजा
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन
साइलेन्ट हार्ट अट्याक किन हुन्छ?
भारतको उत्तराखण्डमा आएको बाढीमा परी जाजरकोटका १३ जनाभन्दा बढी सम्पर्कविहीन




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुर झौखेलको हरियाली: असारमा रोपाइँ सकेपछि देखिएको रमणीय दृश्य (फोटो फिचर)