प्रतिनिधि सभाको आजको बैठक बस्दै नबसी भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित

प्रतिनिधि सभाको आजको बैठक बस्दै नबसी भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित : Icon Khabar

काठमाडौँ, जेठ २० । प्रतिनिधि सभाको आजको बैठक बस्दै नबसी बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक उक्त समयमा बस्न सकेको थिएन भने सूचना टाँस गरेर दिउँसो २ बजेसम्म स्थगित गरिएको थियो। त्यसपछि पनि बैठक बस्न सकेन।

संघीय संसद सचिवालयले बुधबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित भएको जनाएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत दलहरू छन्।

तर सत्तारूढ नेपाली कांग्रेस र एमाले भने गृहमन्त्रीले सदनमा यस विषयमा कुरा राख्न पाउनुपर्ने बताइरहेका छन्।

सदनमा कुरा राख्ने अवस्था नबनेपछि केही दिनअघि गृहमन्त्रीले संघीय संसद भवन परिसरबाट पत्रकार सम्मेलन गरी आफू भिजिट भिसा प्रकरणमा संलग्न नरहेको बताएका थिए।

प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा आजै संघीय संसद भवन परिसरमा बसेको विपक्षी दलहरूको बैठकले २०६४ सालपछिका गृहमन्त्रीहरूको कार्यकालमा भिजिट भिसाबारे भएका गतिविधिबारे छानबिन गर्न आयोग गठन गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

साथै गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे अनुसन्धान अवधिभर मार्गप्रशस्न गर्नुपर्ने र यस विषयमा प्रधानमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने कुरा उनीहरूको थियो।

Published Date: 03 June 2025
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता