राजावादीको आन्दोलन आज पनि, प्रसाईं समूहको अलग्गै प्रदर्शन हुने

राजावादीको आन्दोलन आज पनि, प्रसाईं समूहको अलग्गै प्रदर्शन हुने : Icon Khabar

काठमाडौँ, जेठ १६ । राजावादीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन्। पूर्वपञ्च नवराज सुबेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिको अगुवाइ र सबै राजावादी नेताहरुको समेत सहभागीमा प्रर्दशन हुँदैछ।

राजावादीहरुले पनि उपत्यका बाहिरबाट समेत मानिसहरू ल्याएर काठमाडौंमा शक्ति प्रदर्शन गर्ने र आन्दोलनलाई काठामाडौं केन्द्रित गर्दैछन्। बिहीबारदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको समितिले आन्दोलनलाई निरन्तरता दिने भएको हो।

रत्नपार्क, शान्तिबाटिका केन्द्रित आन्दोलन आज पनि १२ बजेवाट नै सुरू हुने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए।

यसैबीच दुर्गा प्रसाईं नेतृत्वको अभियान भने राप्रपा नेतृत्वमा सहभागी नहुने भन्दै शुक्रबारवाट माइतीघर केन्द्रित हुने जनाएको छ।

Published Date: 30 May 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु