कक्षा १२ को परिक्षा यही वैशाख २१ देखि नै हुने

कक्षा १२ को परिक्षा यही वैशाख २१ देखि नै हुने : Icon Khabar

काठमाडौँ, वैशाख १९ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उतीर्ण परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ ।

परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह गरिएको छ । यसअघि बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि गर्ने समयतालिका निर्धारण गरेको थियो । नेपाल शिक्षक महासङ्घ आन्दोलनमा रहेका कारण परीक्षाको मिति सारिएको थियो ।

पछिल्लोपटक महासङ्घसँग सहमति भएकाले अब भने निधारित परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले आफ्नो कुनै फेसबुक पेज नभएको र आधिकारिक सूचना वेबसाइटमार्फत सार्वजनिक हुने स्पष्ट पारेको छ ।

बोर्डले परीक्षाका बाँकी सबै काम पूरा गरेर तोकिएको मितिमा मर्यादित तवरले सम्पन्न गराउन सबै केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी एवं सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी र सम्पूर्ण सरोकारवालालाई एक सूचनामार्फत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 May 2025
Website | + posts


ताजा
अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री घिसिङद्वारा सडक विभागलाई निर्देशन
अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थाल्यो
सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो