वैभवको शानदार शतकमा राजस्थानले गुजरातलाई हरायो

वैभवको शानदार शतकमा राजस्थानले गुजरातलाई हरायो : Icon Khabar

काठमाडौँ, वैशाख १६ । १४ वर्षीय खेलाडी वैभव सुर्यवंशीको सनसनीपूर्ण ब्याटिङमा राजस्थान रोयाल्सले जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा शानदार जित हासिल गरेको छ। जयपुरमा भएको खेलमा राजस्थानले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो।

गुजारातले दिएको २१० रनको लक्ष्य राजस्थानले १५.५ ओभरमा मात्र दुई विकेट गुमाएर पुरा गर्‍यो। राजस्थानको जितमा वैभवले आक्रमक ब्याटिङ गरे। उनले ३५ बलमा शतक बनाउँदै आईपीएल इतिहासमा दोस्रो छिटो शतक प्रहार गर्ने खेलाडी बने। उनी ३८ बलमा ७ चौका र ११ छक्का प्रहार गर्दै १०१ रन बनाएर आउट भए।

यस्तै यशस्वी जैसवालले ४० बलमा ९ चौका र २ छक्काको मद्दतमा ७० रन बनाए। कप्तान रियान परागले १५ बलमा ३२ रन बनाए। गुजरातका प्रसिद्ध क्रिष्ण र रशिद खानले एक एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०९ रन बनाएको थियो। गुजरातका कप्तान शुभमन गिलले सर्वाधिक ८४ रन बनाए। उनले ५० बलमा ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै जोश बटलरले २६ बलमा ५० रन बनाए। राजस्थानका महिष थिक्सानाले दुई विकेट लिए।

यस जितसँगै राजस्थान १० खेलमा ६ अंकसहित नवौं स्थानमा सिमित छ । गुजरात भने ९ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा नै सिमित भएको छ । आइपिएलमा भोली दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सको अतिथ्यता गर्नेछ ।

Published Date: 29 April 2025


ताजा
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न