नयाँ फिल्म ‘खेल’ रिलिज हुने लाग्दा अभिनेत्री सुरक्षा पन्त विवादमा

नयाँ फिल्म ‘खेल’ रिलिज हुने लाग्दा अभिनेत्री सुरक्षा पन्त विवादमा : Icon Khabar

काठमाडौँ, वैशाख १० । अभिनेत्री सुरक्षा पन्त अभिनीत नयाँ फिल्म ‘खेल’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । फिल्म प्रदर्शनमा आउन लाग्दा कलाकारको चर्चा हुनु स्वाभाविक हो । सुरक्षा पनि यतिबेला चर्चामा छिन् ।

तर, उनको चर्चाको विषय फिल्म ‘खेल’ नभएर एक अन्तर्वार्ता भएको छ । जसमा उनले पूर्वनवयुवराज हृदयन्द्र शाहको विषयमा गरेको एक टिप्पणीलाई लिएर राजसंस्था समर्थकहरू उनीमाथि खनिएका छन् । उनको अभिव्यक्तिलाई लिएर फेसबुकदेखि टिकटकसम्म उनलाई गालीको वर्षा भइरहेको छ ।

अन्तरवार्तामा सुरक्षालाई पूर्वनवयुवराज हृदयन्द्र शाहको तस्बिर देखाएर उनको विषयमा टिप्पणी गर्न भनिन्छ । जवाफमा उनले भन्छिन्, ‘ग्रान्ड चाइल्ड अफ किङ… पारसको छोरो होइन ? के रे नाम ?’ कार्यक्रम सञ्चालकले उनको नाम भनेपछि उनी उहाँको ठुलो फ्यान छ नि दाइ… योङ्स्टर नानी केटीहरूको भन्दै हाँस्छिन् । भन्छिन्, ‘धेरैले उहाँलाई मन पराउनुहुन्छ, हाहाहा…।’

कार्यक्रममा उनलाई फेरि भविस्यामा कुन रूपमा हेर्न चाहनुहुन्छ ?’ भनेर प्रश्न राख्छन् । ‘आउनुस फिल्म इन्डष्ट्रीमा । राम्रो हुनुहुन्छ । लुक्सहरु राम्रो छ । आइ होप अभिनय पनि सक्नुहुन्छ होला’ उनले भन्छिन् । कार्यक्रममा उनले फिल्म क्षेत्रमा स्वागत समेत भनेकी छन् ।

अन्तरवार्ताको यो क्लिप अहिले टिकटकमा भाइरल भइरहेको छ । जसमा उनलाई भद्दा गाली गलौच भइरहेको छ ।

प्रदर्शनमा आउन लागेको फिल्म ‘खेल’कै प्रचार प्रसारको सिलसिलामा उनी अन्तरवार्तामा पुगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 April 2025
Website | + posts