नयाँ फिल्म ‘खेल’ रिलिज हुने लाग्दा अभिनेत्री सुरक्षा पन्त विवादमा

नयाँ फिल्म ‘खेल’ रिलिज हुने लाग्दा अभिनेत्री सुरक्षा पन्त विवादमा : Icon Khabar

काठमाडौँ, वैशाख १० । अभिनेत्री सुरक्षा पन्त अभिनीत नयाँ फिल्म ‘खेल’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । फिल्म प्रदर्शनमा आउन लाग्दा कलाकारको चर्चा हुनु स्वाभाविक हो । सुरक्षा पनि यतिबेला चर्चामा छिन् ।

तर, उनको चर्चाको विषय फिल्म ‘खेल’ नभएर एक अन्तर्वार्ता भएको छ । जसमा उनले पूर्वनवयुवराज हृदयन्द्र शाहको विषयमा गरेको एक टिप्पणीलाई लिएर राजसंस्था समर्थकहरू उनीमाथि खनिएका छन् । उनको अभिव्यक्तिलाई लिएर फेसबुकदेखि टिकटकसम्म उनलाई गालीको वर्षा भइरहेको छ ।

अन्तरवार्तामा सुरक्षालाई पूर्वनवयुवराज हृदयन्द्र शाहको तस्बिर देखाएर उनको विषयमा टिप्पणी गर्न भनिन्छ । जवाफमा उनले भन्छिन्, ‘ग्रान्ड चाइल्ड अफ किङ… पारसको छोरो होइन ? के रे नाम ?’ कार्यक्रम सञ्चालकले उनको नाम भनेपछि उनी उहाँको ठुलो फ्यान छ नि दाइ… योङ्स्टर नानी केटीहरूको भन्दै हाँस्छिन् । भन्छिन्, ‘धेरैले उहाँलाई मन पराउनुहुन्छ, हाहाहा…।’

कार्यक्रममा उनलाई फेरि भविस्यामा कुन रूपमा हेर्न चाहनुहुन्छ ?’ भनेर प्रश्न राख्छन् । ‘आउनुस फिल्म इन्डष्ट्रीमा । राम्रो हुनुहुन्छ । लुक्सहरु राम्रो छ । आइ होप अभिनय पनि सक्नुहुन्छ होला’ उनले भन्छिन् । कार्यक्रममा उनले फिल्म क्षेत्रमा स्वागत समेत भनेकी छन् ।

अन्तरवार्ताको यो क्लिप अहिले टिकटकमा भाइरल भइरहेको छ । जसमा उनलाई भद्दा गाली गलौच भइरहेको छ ।

प्रदर्शनमा आउन लागेको फिल्म ‘खेल’कै प्रचार प्रसारको सिलसिलामा उनी अन्तरवार्तामा पुगेकी थिइन् ।

Published Date: 23 April 2025


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग