चैतसम्ममा आयात १२.१८ प्रतिशत र निर्यात ६५.१६ प्रतिशतले बढ्यो

चैतसम्ममा आयात १२.१८ प्रतिशत र निर्यात ६५.१६ प्रतिशतले बढ्यो : Icon Khabar

काठमाडौं, वैशाख ७ । चालु आर्थिक वर्षको पहिलो ९ महिना अर्थात चैत मसान्तसम्ममा मुलुकले १३ खर्ब ९ अर्ब ५३ करोड २८ लाख ३८ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो गत वर्षको सोही अवधिको भन्दा १२.१८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख ८ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको विवरणअनुसार ९ महिनाको अवधिमा नेपालको निर्यात पनि ६५.१६ प्रतिशतले बढेर १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा १ खर्ब १३ अर्ब ९४ करोड ६० लाख ७ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।

यसआधारमा, नेपालको कुल वैदशिक व्यापार १६.८९ प्रतिशतले बढेर १४ खर्ब ९७ अर्ब ७२ करोड ७९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा नेपालको व्यापार घाटा पनि ६.४५ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ पुगेको छ । यता, विभागका अनुसार चैत मसान्तसम्म आयात निर्यात अनुपात ६.९६ प्रतिशत हुँदा कुल व्यापारमा निर्यातको हिस्सा १२.५७ प्रतिशत र आयातको हिस्सा ८७.४३ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 April 2025
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने