चैतसम्ममा आयात १२.१८ प्रतिशत र निर्यात ६५.१६ प्रतिशतले बढ्यो

चैतसम्ममा आयात १२.१८ प्रतिशत र निर्यात ६५.१६ प्रतिशतले बढ्यो : Icon Khabar

काठमाडौं, वैशाख ७ । चालु आर्थिक वर्षको पहिलो ९ महिना अर्थात चैत मसान्तसम्ममा मुलुकले १३ खर्ब ९ अर्ब ५३ करोड २८ लाख ३८ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो गत वर्षको सोही अवधिको भन्दा १२.१८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख ८ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको विवरणअनुसार ९ महिनाको अवधिमा नेपालको निर्यात पनि ६५.१६ प्रतिशतले बढेर १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा १ खर्ब १३ अर्ब ९४ करोड ६० लाख ७ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।

यसआधारमा, नेपालको कुल वैदशिक व्यापार १६.८९ प्रतिशतले बढेर १४ खर्ब ९७ अर्ब ७२ करोड ७९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा नेपालको व्यापार घाटा पनि ६.४५ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ पुगेको छ । यता, विभागका अनुसार चैत मसान्तसम्म आयात निर्यात अनुपात ६.९६ प्रतिशत हुँदा कुल व्यापारमा निर्यातको हिस्सा १२.५७ प्रतिशत र आयातको हिस्सा ८७.४३ प्रतिशत रहेको छ ।

Published Date: 20 April 2025












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड