मन्टेशरी एजुकेशन स्काउट प्याकको क्याम्प सम्पन्न

मन्टेशरी एजुकेशन स्काउट प्याकको क्याम्प सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २४ । भक्तपुरको सूूर्यविनायक नगरपालिका वडा नं.८ मा अवस्थित मन्टेशरी एजुकेशन स्कुल अन्तर्गत संचालित मन्टेशरी एजुुकेशन स्काउट प्याकको आयोजनामा प्याकका कब ब्राउनी स्काउटहरुका लागि पहिलो पल्ट एक राते दुुई दिने प्याक स्काउट क्याम्प २०८१ चैत्र सम्पन्न भयो ।

चैत्र २२ गते सुरू भएको सो क्याम्पको उदुघाटन विद्यालय संचालक समितिका अध्यक्ष श्री अच्युत प्रजापतिले गरेका थिए। साथै सो क्याम्पको सम्पूर्ण व्यवस्थापन स्काउटर गिता शिलाकार र स्काउटर विन्द्रा गोसाईले गरेका थिए।

उक्त क्याम्पमा कब ब्राउनी स्काउटहरुको सर्वाङ्गॆण विकास हुने र व्यक्तिगत जिवन जिउने कलाहरु सम्वन्धि विभिन्न क्रियाकलापहरु भएको र स्काउटहरुलाई प्रत्यक्ष सहभागिता गराई सक्दो कोशिश गर भन्ने सिद्वान्तलाई आत्मसात गरि स्काउट नानीहरुलाई सिकाउने कार्य गरेको क्याम्पका क्याम्प चिफ विन्द्रा गोसाईले बताएका थिए।

सो क्याम्पमा नानीहरुलाई विभिन्न व्यवहारिक ज्ञानहरुका साथै साथीहरु संग कसरी मिलेर बस्ने अनि खाने बस्ने र सुत्ने बेलामा कसरी साथीहरुसंग सहकार्य गरि बस्ने र हरेक खाना कुराहरु पकाउदा अभिभावकहरुलाई सहयोग गर्न सकिन्छ भन्ने बारे ज्ञान दिएकोे विद्यालयका स्काउटर एवं अध्यक्ष अच्युत प्रजापतिले बताए।

साथै उनले यस किसिमको क्याम्पको आयोजना न्यून मात्र हुने र सानै उमेरदेखि यस प्रकारको क्याम्पमा बस्दा विद्यालयको पढाई बाहेक धेरेै व्यवहारिक ज्ञान र जिवन जिउने कलाहरु सिक्ने समेत बताए।

सो क्याम्पमा स्काउटहरुलाई बेलुकी रेडफ्लावर र विहान धर्मसभा समेत भएको उक्त क्याम्पमा टि हाइक र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गराएका थिए । उक्त क्याम्पको अवलोकनका लागि पूर्व राष्ट्रिय सचिव एवं राष्ट्रिय प्रशिक्षक राम गोपाल कर्माचार्य, मध्यपुर थिमीका स्थानीय आयुक्त श्री तुल्सिहरी प्रजापति, राष्ट्रिय प्रशिक्षक श्री पवन कुमार वल्ल तथा स्काउटर हरि गोविन्द श्रेष्ठ लगाएत उपस्थित भएका थिए।

क्याम्पको समापन विद्यालय संचालक समितिका अध्यक्ष प्रजापतिले गरेका थिए। विद्यालयका प्रिन्सिपल मंगला प्रजापतीले क्याम्प सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्णमा धन्यवाद दिदै विद्यालय अन्तर्गत संचालित मन्टेशरी एजुकेशन स्काउट प्याकले भक्तपुर जिल्लामै पहिलो पल्ट कब ब्राउनी प्याक होलिडेको आयोजना गर्नुका साथै स्काउट नानीहरुका लागि जंगल ट्रेल, हाइकिंग क्रियाकलापहरुको आयोजना गरि सकेको बताईन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 April 2025
Website | + posts
ताजा
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू