आईपीएलमा राजस्थानको लगातार दोस्रो जित

आईपीएलमा राजस्थानको लगातार दोस्रो जित : Icon Khabar

काठमाडौँ, चैत  २४ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले दोस्रो जित हात पारेको छ। राजस्थानले आज पन्जाब किंग्सलाई ५० रनले हराएको छ।

जितको लागि २ सय ६ रनको लक्ष्य पछाएको पन्जाब २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रनमा नै समेटियो।

पन्जाबले अत्यन्त खराब सुरुवात गर्यो। २६ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो। ओपनर प्रियान्स आर्या इनिङ्सको पहिलो बलमा जोफ्रा आर्चरको बलमा आउट भए।

कप्तान श्रेयश अयर १० रनमा पबिलियन फर्किए। लगतै १ रन बनाएका मार्कस स्टोनिसलाई सन्दीप शर्माले कट एण्ड बोल्ड आउट गरिदिए।

चौथो विकेटको रूपमा प्रबसिमरन सिंह १७ रनमै आउट हुन पुगे। यतिखेर पन्जाबले ४३ रन बनाएको थियो। यसपछि नेहाल वादेरा र ग्लेन म्याक्सवेलले पाँचौ विकेटको लागि ८८ रनको साझेदारी गरे। म्याक्सवेल ३० रनमा आउट भए।

नेहाल वादेराले अर्धशतकीय पारी खेले। ४१ बल खेल्दै ४ चौका र ३ छक्का सहित ६२ रनमा नेहाल पनि आउट भए। योसँगै पन्जाब थप दबाबमा आयो। यसपछि अन्य खेलाडी क्रिजमा टिक्न सकेनन्।

बलिङमा जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट लिए। महिश थिक्साना र सन्दीप शर्माले समान २ विकेट आफ्नो नाममा लेखाए।

यसअघि पन्जाबले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ५ रन जोड्यो।

महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आइपिएलमा अहिलेसम्म २ सय रन कुनैपनि टोलीले कटाउन सकेको थिएन।

ओपनर यशस्वी जैसवाल र कप्तान सञ्जु सामसनले पहिलो विकेटको लागि ८९ रनको साझेदारी गरे। पहिलो पावर प्लेमा राजस्थानले ५३ रन बनाएको थियो। पन्जाबले १० ओभर २ बलमा पहिलो विकेट लियो। लोकी फर्गसनले ३८ रन बनाएका सञ्जुलाई आउट गरे।

यशस्वीले ४० बल खेल्दै २ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक बनाए। उनको यो सिजनको पहिलो अर्धशतक हो। ६७ रन जोडेर उनी पनि फर्गसनकै बलमा आउट भए। उनले ४५ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे। यसपछि नितिश राना १२ रनना र सिम्रन हेटमेर २० रनमा आउट भए।

तेस्रो क्रमका ब्याटर रियान परागले विष्फोटक ब्याटिङ गरे। उनले २५ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा अविजित ४३ रनको पारी खेले। ध्रुव जुरेलले मात्र ५ बल खेल्दै १ चौका र१ छक्काको मद्दतमा अविजित १३ रन बनाए।

बलिङमा लोकी फर्गसनले ४ ओभर बलिङ गर्दै ३७ रन उिएर २ विकेट लिए। मार्को जेनसेन अर्शदीप सिंहले समान १ विकेट झारे।

पहिलो दुई खेल हारेको राजस्थानको भने यो लगातार दोस्रो जित हो। उसले चार खेलबाट ४ अंको जोड्दै सातौं स्थानमा उक्लिएको छ।

पन्जाब लगातार तेस्रो खेल जित्न असफल रहयो। ३ खेलबाट उसले ४ अंक छ। –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 April 2025
Website | + posts
ताजा
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू