आईपीएलमा राजस्थानको लगातार दोस्रो जित

आईपीएलमा राजस्थानको लगातार दोस्रो जित : Icon Khabar

काठमाडौँ, चैत  २४ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले दोस्रो जित हात पारेको छ। राजस्थानले आज पन्जाब किंग्सलाई ५० रनले हराएको छ।

जितको लागि २ सय ६ रनको लक्ष्य पछाएको पन्जाब २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रनमा नै समेटियो।

पन्जाबले अत्यन्त खराब सुरुवात गर्यो। २६ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो। ओपनर प्रियान्स आर्या इनिङ्सको पहिलो बलमा जोफ्रा आर्चरको बलमा आउट भए।

कप्तान श्रेयश अयर १० रनमा पबिलियन फर्किए। लगतै १ रन बनाएका मार्कस स्टोनिसलाई सन्दीप शर्माले कट एण्ड बोल्ड आउट गरिदिए।

चौथो विकेटको रूपमा प्रबसिमरन सिंह १७ रनमै आउट हुन पुगे। यतिखेर पन्जाबले ४३ रन बनाएको थियो। यसपछि नेहाल वादेरा र ग्लेन म्याक्सवेलले पाँचौ विकेटको लागि ८८ रनको साझेदारी गरे। म्याक्सवेल ३० रनमा आउट भए।

नेहाल वादेराले अर्धशतकीय पारी खेले। ४१ बल खेल्दै ४ चौका र ३ छक्का सहित ६२ रनमा नेहाल पनि आउट भए। योसँगै पन्जाब थप दबाबमा आयो। यसपछि अन्य खेलाडी क्रिजमा टिक्न सकेनन्।

बलिङमा जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट लिए। महिश थिक्साना र सन्दीप शर्माले समान २ विकेट आफ्नो नाममा लेखाए।

यसअघि पन्जाबले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ५ रन जोड्यो।

महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आइपिएलमा अहिलेसम्म २ सय रन कुनैपनि टोलीले कटाउन सकेको थिएन।

ओपनर यशस्वी जैसवाल र कप्तान सञ्जु सामसनले पहिलो विकेटको लागि ८९ रनको साझेदारी गरे। पहिलो पावर प्लेमा राजस्थानले ५३ रन बनाएको थियो। पन्जाबले १० ओभर २ बलमा पहिलो विकेट लियो। लोकी फर्गसनले ३८ रन बनाएका सञ्जुलाई आउट गरे।

यशस्वीले ४० बल खेल्दै २ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक बनाए। उनको यो सिजनको पहिलो अर्धशतक हो। ६७ रन जोडेर उनी पनि फर्गसनकै बलमा आउट भए। उनले ४५ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे। यसपछि नितिश राना १२ रनना र सिम्रन हेटमेर २० रनमा आउट भए।

तेस्रो क्रमका ब्याटर रियान परागले विष्फोटक ब्याटिङ गरे। उनले २५ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा अविजित ४३ रनको पारी खेले। ध्रुव जुरेलले मात्र ५ बल खेल्दै १ चौका र१ छक्काको मद्दतमा अविजित १३ रन बनाए।

बलिङमा लोकी फर्गसनले ४ ओभर बलिङ गर्दै ३७ रन उिएर २ विकेट लिए। मार्को जेनसेन अर्शदीप सिंहले समान १ विकेट झारे।

पहिलो दुई खेल हारेको राजस्थानको भने यो लगातार दोस्रो जित हो। उसले चार खेलबाट ४ अंको जोड्दै सातौं स्थानमा उक्लिएको छ।

पन्जाब लगातार तेस्रो खेल जित्न असफल रहयो। ३ खेलबाट उसले ४ अंक छ। –एजेन्सी

Published Date: 06 April 2025








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा