आइपिएलमा मुम्बई र लखनउ खेल्दै

आइपिएलमा मुम्बई र लखनउ खेल्दै : Icon Khabar

काठमाडौँ, चैत २२ । इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज मुम्बई इण्डियन्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुँदैछ । अटल बिहारी वाजपेयी ऐकना क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार शुक्रबार बेलुका ७ः४५ बजे सुरु हुनेछ ।

मुम्बई पछिल्लो खेलमा कोलकाता नाइटराइडर्सलाई पराजित गरेर लखनउको घरेलु मैदानमा पुगेको छ । लखनउ पञ्जाब किंग्ससँग पराजित भएको थियो ।

समान ३ खेलमा २ अंक जोडेको मुम्बई छैठौं र लखनउ सातौं स्थानमा छ ।

सन् २०२२ आइपिएलमा प्रवेश गरेको लखनउले मुम्बईविरुद्ध उत्कृष्ट हेड-टु-हेड रेकर्ड बनाएको छ । लखनउले ५ पटकको आइपिएल च्याम्पियन मुम्बइविरुद्ध ६ खेल खेलेको छ । जसमा लखनउ ५ र मुम्बईले १ मात्र खेल जितेको छ ।

लखनउ विरुद्ध मुम्बईले पाएको एक जित २०२३ को एलिमिनेटरको हो । बाँकी लिगका सबै ५ खेल लखनउले जितेको थियो।

लखनउका लागि यो सिजनमा निकोलस पूरन र मिचेल मार्शले उत्कृष्ट इनिङ खेलेका छन् । तर, ऋषभ पन्तसहित अन्य खेलाडीले अझै राम्रो प्रदर्शन गर्न सकेका छैनन् । पन्तले ३ इनिङमा १७ रन मात्र बनाएका छन् । लखनउले रिटेन गरेका आयुष बडोनीले ५१ रन बनाएका छन् ।

तीव्र गतिका बलरहरू आवेश खान, आकाश दीप, मयंक यादव र मोहसिन खानलाई चोट लागेपछि लखनउको समस्या झनै बढेको छ। आकाश भने सिजनको पहिलो खेल खेल्न फिट भएका छन् ।

मुम्बईले कोलकाताविरुद्ध फराकिलो जित हात पार्नुअघि लगातार हार बेहोर्दै सिजनको सुरुआत गरेको थियो । जसप्रित बुम्राहबिना पनि मुम्बई यस सिजनका उत्कृष्ट बलिङ टोलीमध्ये एक देखिएको छ ।

सूर्यकुमार यादव लयमा फर्किएका छन् । रायन रिकल्टनले केकेआरविरुद्ध अर्धशतकीय इनिङ खेलेका थिए । तर, रोहित शर्माले ३ इनिङमा मात्र २१ रन जोडेका छन् । यो खेलमा दुवै टोलीको ब्याटिङको परीक्षा हुन सक्छ ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 April 2025
Website | + posts
ताजा
काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गर्यो, सचेत रहन आग्रह
साइकल कनेक्ट भक्तपुर र जुजु बाइक्सबीच विशेष सहकार्य सम्झौता सम्पन्न
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आज डेंगु रोग नियन्त्रणको लागि मेगा अभियान सञ्चालन गरिँदै


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू