आइपिएलमा मुम्बई र लखनउ खेल्दै

आइपिएलमा मुम्बई र लखनउ खेल्दै : Icon Khabar

काठमाडौँ, चैत २२ । इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज मुम्बई इण्डियन्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुँदैछ । अटल बिहारी वाजपेयी ऐकना क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार शुक्रबार बेलुका ७ः४५ बजे सुरु हुनेछ ।

मुम्बई पछिल्लो खेलमा कोलकाता नाइटराइडर्सलाई पराजित गरेर लखनउको घरेलु मैदानमा पुगेको छ । लखनउ पञ्जाब किंग्ससँग पराजित भएको थियो ।

समान ३ खेलमा २ अंक जोडेको मुम्बई छैठौं र लखनउ सातौं स्थानमा छ ।

सन् २०२२ आइपिएलमा प्रवेश गरेको लखनउले मुम्बईविरुद्ध उत्कृष्ट हेड-टु-हेड रेकर्ड बनाएको छ । लखनउले ५ पटकको आइपिएल च्याम्पियन मुम्बइविरुद्ध ६ खेल खेलेको छ । जसमा लखनउ ५ र मुम्बईले १ मात्र खेल जितेको छ ।

लखनउ विरुद्ध मुम्बईले पाएको एक जित २०२३ को एलिमिनेटरको हो । बाँकी लिगका सबै ५ खेल लखनउले जितेको थियो।

लखनउका लागि यो सिजनमा निकोलस पूरन र मिचेल मार्शले उत्कृष्ट इनिङ खेलेका छन् । तर, ऋषभ पन्तसहित अन्य खेलाडीले अझै राम्रो प्रदर्शन गर्न सकेका छैनन् । पन्तले ३ इनिङमा १७ रन मात्र बनाएका छन् । लखनउले रिटेन गरेका आयुष बडोनीले ५१ रन बनाएका छन् ।

तीव्र गतिका बलरहरू आवेश खान, आकाश दीप, मयंक यादव र मोहसिन खानलाई चोट लागेपछि लखनउको समस्या झनै बढेको छ। आकाश भने सिजनको पहिलो खेल खेल्न फिट भएका छन् ।

मुम्बईले कोलकाताविरुद्ध फराकिलो जित हात पार्नुअघि लगातार हार बेहोर्दै सिजनको सुरुआत गरेको थियो । जसप्रित बुम्राहबिना पनि मुम्बई यस सिजनका उत्कृष्ट बलिङ टोलीमध्ये एक देखिएको छ ।

सूर्यकुमार यादव लयमा फर्किएका छन् । रायन रिकल्टनले केकेआरविरुद्ध अर्धशतकीय इनिङ खेलेका थिए । तर, रोहित शर्माले ३ इनिङमा मात्र २१ रन जोडेका छन् । यो खेलमा दुवै टोलीको ब्याटिङको परीक्षा हुन सक्छ ।–एजेन्सी

Published Date: 04 April 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै