आईपीएल क्रिकेटमा आज बेंगलुरु र गुजरात खेल्दै

आईपीएल क्रिकेटमा आज बेंगलुरु र गुजरात खेल्दै : Icon Khabar

काठमाडौं, चैत २० । भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेटमा आज एक खेल हुँदैछ । आज रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटान्स आमनेसामने हुँदै छन् ।

बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा खेल बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ । बेंगलुरुको कप्तानमा रजत पाटिदार छन् भने गुजरातको कप्तानी शुभमन गिलले गर्ने छन् ।

बेंगलुरु हालसम्म अपराजित ३ टिममध्ये एक हो । सुरुवाती २ खेलमा नै जित निकालेको बेंगलुरुका लागि आज घरेलु मैदानमा जित निकाल्दै लगातार तेस्रो जित दर्ता गर्ने अवसर रहनेछ ।

बेंगलुरुले पहिलो खेलमा कोलकाता नाइट राइडर्स तथा दोस्रो खेलमा चेन्नई सुपर किङ्सलाई हराएको थियो ।

यता गुजरात पहिलो खेलमा पञ्जाब किङ्ससँग पराजित भएपछि दोस्रो खेलमा मुम्बई इन्डियन्सलाई हराएको थियो । आज बेंगलुरुको अपराजित यात्रा रोक्दै दोस्रो जित निकाल्ने लक्ष्यमा गुजरात पनि हुनेछ ।

अंकतालिकामा हाल बेंगलुरु ४ अंकसहित शीर्षस्थानमा छ भने २ अंक भएको गुजरात चौथो स्थानमा छ । दुई टोलीबीच हालसम्म भएका खेलमा बेंगलुरुले ३ जित निकाल्दा गुजरातले २ जित निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 April 2025
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न