आईपीएल क्रिकेटमा आज बेंगलुरु र गुजरात खेल्दै

आईपीएल क्रिकेटमा आज बेंगलुरु र गुजरात खेल्दै : Icon Khabar

काठमाडौं, चैत २० । भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेटमा आज एक खेल हुँदैछ । आज रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटान्स आमनेसामने हुँदै छन् ।

बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा खेल बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ । बेंगलुरुको कप्तानमा रजत पाटिदार छन् भने गुजरातको कप्तानी शुभमन गिलले गर्ने छन् ।

बेंगलुरु हालसम्म अपराजित ३ टिममध्ये एक हो । सुरुवाती २ खेलमा नै जित निकालेको बेंगलुरुका लागि आज घरेलु मैदानमा जित निकाल्दै लगातार तेस्रो जित दर्ता गर्ने अवसर रहनेछ ।

बेंगलुरुले पहिलो खेलमा कोलकाता नाइट राइडर्स तथा दोस्रो खेलमा चेन्नई सुपर किङ्सलाई हराएको थियो ।

यता गुजरात पहिलो खेलमा पञ्जाब किङ्ससँग पराजित भएपछि दोस्रो खेलमा मुम्बई इन्डियन्सलाई हराएको थियो । आज बेंगलुरुको अपराजित यात्रा रोक्दै दोस्रो जित निकाल्ने लक्ष्यमा गुजरात पनि हुनेछ ।

अंकतालिकामा हाल बेंगलुरु ४ अंकसहित शीर्षस्थानमा छ भने २ अंक भएको गुजरात चौथो स्थानमा छ । दुई टोलीबीच हालसम्म भएका खेलमा बेंगलुरुले ३ जित निकाल्दा गुजरातले २ जित निकालेको छ ।

Published Date: 02 April 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु