बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो

बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, चैत २० । घरेलु बजारमा सुनको मूल्य अल टाइम हाईको उचाईबाट झरेको छ । आजको कारोबारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । मंगलबार सुनको मूल्य १८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी आज १५ रुपैयाँले घट्दै प्रतितोला २ हजार २० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदीको भाउ २ हजार ३५ रुपैयाँ कायम थियो ।

Published Date: 02 April 2025
ताजा
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय