बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो

बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, चैत २० । घरेलु बजारमा सुनको मूल्य अल टाइम हाईको उचाईबाट झरेको छ । आजको कारोबारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । मंगलबार सुनको मूल्य १८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी आज १५ रुपैयाँले घट्दै प्रतितोला २ हजार २० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदीको भाउ २ हजार ३५ रुपैयाँ कायम थियो ।

Published Date: 02 April 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने