प्रधानमन्त्री आज थाइल्याण्ड भ्रमणमा जाँदै

प्रधानमन्त्री आज थाइल्याण्ड भ्रमणमा जाँदै : Icon Khabar

काठमाडौँ, चैत १९ । प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज (मंगलबार) त्यसतर्फ प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओली दिउँसो १ बजे थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गर्नेछन् ।

प्रतिनिधि सभाको हिजोको बैठकमा सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी बाहेकका देशहरुको भ्रमणमा ‘गेट–वे’ को रुपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैंमा महत्वपूर्ण भएको बताएका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता हुनेछ । भ्रमणका अवसरमा पर्यटन र संस्कृतिका सन्दर्भमा दुई समझदारीपत्रमा हस्ताक्षर हुनेछ । दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ समझदारी पत्रमा हस्ताक्षर हुने जनाइएको छ । साथै, थाइल्याण्डका प्रतिष्ठित व्यावासायीहरुसँग छलफल गर्ने र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन जानकारी दिए । प्रधानमन्त्री ओलीले बिस्टेक शिखर सम्मेलनलाई चैत २२ गते गर्नेछन् । सम्बोधनलगत्तै बाँकी मुलुकका नेताहरुसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्ने जनाइएको छ ।

Published Date: 01 April 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर