यी प्रदेशमा आज वर्षाको सम्भावना

यी प्रदेशमा आज वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, चैत १८  । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 March 2025
Website | + posts






ताजा
देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूद्वारा हातमा कालोपट्टि बाँधेर सेवा प्रदान
कुलिङ पिरियड हेरफेरसम्बन्धी छानबिन गरिने सभामुख घिमिरेको प्रतिबद्धता
हिन्दी संस्करणको गीत झिम झिमलाई चार दिनमै ११ लाख भन्दा बढी भ्युज प्राप्त
पेट्रोलमा प्रतिलिटर पाँच रुपियाँले वृद्धि भएपछि


ट्रेन्डिङ
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
PATA हिमालयन ट्राभल मार्टमा HAB को ऐतिहासिक उपस्थिति
आइकन खबरको आयोजनामा यहि असार १४ गते रोपाईं जात्रा तथा दही चिउरा कार्यक्रम हुने
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न