काठमाडौं, चैत १२ । कलाकार हरिवंश आचार्यले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।
आज (मंगलबार) बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कुलमान हटाउने सरकारको निर्णय गलत भएको बताएका हुन् । ‘कुलमान नेपाली कुलकै उज्यालो हुन् । अन्धकार बनाउँन हुँदैन थियो’, उनले लेखेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि सरकारको यो निर्णयको सर्वत्र विरोध भइरहेको छ । सरकारमा रहेका दलका नेताहरूले नै विरोध गरिरहेका छन् ।
Published Date: 25 March 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news