जर्मनी पहिलो पटक सेमिफाइनलमा

जर्मनी पहिलो पटक सेमिफाइनलमा : Icon Khabar

काठमाडौं, चैत ११ । युइएफए नेसन्स लिगमा इटलीलाई पराजित गर्दै जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको छ ।

क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार जर्मनी र इटलीले ३–३ को बराबरी खेले । पहिलो लेगमा २-१ को जितले जर्मनी समग्रमा ५-४ को अग्रतासहित अन्तिम चारमा पुगेको हो।

चौथो संस्करणमा आइपुग्दा जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

पाहुना टोलीका लागि मोइसे कीनले २ तथा ज्याकोमो रास्पाडोरीले १ गोल गरे । घरेलु टोली जर्मनीका लागि भने जोसुवा किमिच, जमाल मुसियाला र टिम क्लाइन्डिन्स्टले समान १ गोल गरे ।

जोसुवा किमिचको उत्कृष्ट प्रदर्शनले पहिलो हाफमै जर्मनीलाई खेलमा ३–० को सहज अग्रता बनायो । उनले पेनाल्टीमार्फत १ गोल गरे भने जमाल मुसियाला र टिम क्लाइन्डिन्स्ट गोलमा असिस्ट गरे।

किमिचले ३०औं, मुसियालाले ३६औं र क्लाइन्डिन्स्टले ४५औं मिनेटमा गोल गरे । इटालीले दोस्रो हाफमा पुनरागमन गर्दै मोइसे कीनको दुई गोलमार्फत घरेलु टोलीलाई दबाबमा राख्यो । कीनले खेलको ४९औं र ६९औं मिनेटमा गोल गरे ।

दोस्रो हाफको इन्ज्युरी समयमा रास्पाडोरीले पेनाल्टीमार्फत गोल गरेपछि इटालीको आशा जगेको थियो । फाइनल प्रवेशका लागि जर्मनीले पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछन् ।– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 March 2025
Website | + posts




ताजा
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता