जर्मनी पहिलो पटक सेमिफाइनलमा

जर्मनी पहिलो पटक सेमिफाइनलमा : Icon Khabar

काठमाडौं, चैत ११ । युइएफए नेसन्स लिगमा इटलीलाई पराजित गर्दै जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको छ ।

क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार जर्मनी र इटलीले ३–३ को बराबरी खेले । पहिलो लेगमा २-१ को जितले जर्मनी समग्रमा ५-४ को अग्रतासहित अन्तिम चारमा पुगेको हो।

चौथो संस्करणमा आइपुग्दा जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

पाहुना टोलीका लागि मोइसे कीनले २ तथा ज्याकोमो रास्पाडोरीले १ गोल गरे । घरेलु टोली जर्मनीका लागि भने जोसुवा किमिच, जमाल मुसियाला र टिम क्लाइन्डिन्स्टले समान १ गोल गरे ।

जोसुवा किमिचको उत्कृष्ट प्रदर्शनले पहिलो हाफमै जर्मनीलाई खेलमा ३–० को सहज अग्रता बनायो । उनले पेनाल्टीमार्फत १ गोल गरे भने जमाल मुसियाला र टिम क्लाइन्डिन्स्ट गोलमा असिस्ट गरे।

किमिचले ३०औं, मुसियालाले ३६औं र क्लाइन्डिन्स्टले ४५औं मिनेटमा गोल गरे । इटालीले दोस्रो हाफमा पुनरागमन गर्दै मोइसे कीनको दुई गोलमार्फत घरेलु टोलीलाई दबाबमा राख्यो । कीनले खेलको ४९औं र ६९औं मिनेटमा गोल गरे ।

दोस्रो हाफको इन्ज्युरी समयमा रास्पाडोरीले पेनाल्टीमार्फत गोल गरेपछि इटालीको आशा जगेको थियो । फाइनल प्रवेशका लागि जर्मनीले पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछन् ।– एजेन्सी

Published Date: 24 March 2025
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय