अस्टन, चैत ८ । टेक्सासको सान ज्याकिन्टो काउन्टीमा लागेको डढेलोले कम्तीमा ५०० हेक्टर वन क्षेत्र जलेको अधिकारीहरुले जानकारी दिएका छन् । एबीसी न्यूजका अनुसार यसबाट धेरै संरचनाहरु प्रभावित भएका छन् । कम्तिमा १५ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
टेक्सास ए एन्ड एम फरेस्ट सर्भिस, टेक्सासको वन हितहरु प्रबन्ध गर्ने एजेन्सीले अग्नि नियन्त्रकहरुले कन्टेन्ट लाइन स्थापना गरिरहेका जनाएको छ । हेलिकप्टरहरुले साम ह्युस्टन राष्ट्रिय वनमा पानी खसालेका थिए । साम ह्युस्टन राष्ट्रिय वन ह्युस्टन, टेक्सासको सबैभन्दा ठूलो शहरबाट करिब एक घण्टाको दूरीमा छ । – सिन्ह्वा
Published Date: 21 March 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1