अमेरिकाको टेक्सासमा लागेको डढेलोले कम्तीमा ५०० हेक्टर वन क्षेत्र जलेर नष्ट

अमेरिकाको टेक्सासमा लागेको डढेलोले कम्तीमा ५०० हेक्टर वन क्षेत्र जलेर नष्ट : Icon Khabar

अस्टन, चैत ८ । टेक्सासको सान ज्याकिन्टो काउन्टीमा लागेको डढेलोले कम्तीमा ५०० हेक्टर वन क्षेत्र जलेको अधिकारीहरुले जानकारी दिएका छन् । एबीसी न्यूजका अनुसार यसबाट धेरै संरचनाहरु प्रभावित भएका छन् । कम्तिमा १५ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

टेक्सास ए एन्ड एम फरेस्ट सर्भिस, टेक्सासको वन हितहरु प्रबन्ध गर्ने एजेन्सीले अग्नि नियन्त्रकहरुले कन्टेन्ट लाइन स्थापना गरिरहेका जनाएको छ । हेलिकप्टरहरुले साम ह्युस्टन राष्ट्रिय वनमा पानी खसालेका थिए । साम ह्युस्टन राष्ट्रिय वन ह्युस्टन, टेक्सासको सबैभन्दा ठूलो शहरबाट करिब एक घण्टाको दूरीमा छ । – सिन्ह्वा

Published Date: 21 March 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग