यौन जीवन मानसिक स्वास्थ्यसँग कसरी सम्बन्धित छ?

यौन जीवन मानसिक स्वास्थ्यसँग कसरी सम्बन्धित छ? : Icon Khabar

काठमाडौं, चैत ७ । हिन्दुशास्त्रको पुरुषार्थको अवधारणामा जीवनको चारवटा मुख्य खम्बाबारे वर्णन गरेको पाइन्छ । पहिलो धर्म, जसमा दैनिक गर्ने कार्य, नैतिकता, आदर्शका कुराहरु पर्छन् । त्यसपछि आउँछ, अर्थ । अर्थ भनेको काम गरेर वा जीविकोपार्जन गर्ने परिवारलाई चाहिने गाँस, बास र कपासको जोहो गर्नु ।

त्यसपछि आउँछ, काम । काममा यौनको चर्चा गरिन्छ । यौन मात्र नभएर माया, प्रेम, इच्छा र सद्भाव पनि पर्छन् । र, चार नम्बरमा आउँछ, मोक्ष । मोक्ष भनेको समाधि वा आनन्दको प्राप्ति हो ।

यो अवधारणाले के भन्छ भने पहिला धर्म गर्नुपर्छ । त्यसपछि अर्थ र काम भोग गरेर मात्र मानिसलाई मोक्ष प्राप्ति हुन्छ । यो भन्नुको अर्थ के हो भने धर्मशास्त्रले पनि यौन जीवनको लागि अपरिहार्य भनेको छ ।

विज्ञानले पनि यौन सुखले मानिस स्वस्थ रहने कुरामा जोड दिन्छ । यौनले नै सिर्जना र आनन्द दुवै दिन्छ । शरीरको लागि खाना जति आवश्यक छ । त्यति नै यौन जीवन पनि आवश्यक मानिन्छ । कुनै कारणवश यौन जीवनमा समस्या आइरहेको छ भने विस्तारै मानसिक स्वास्थमा प्रभाव पार्न सक्छ ।

यौन उत्तेजना नहुनु, चरमोत्कर्षमा नपुग्नु, शीघ्रपतन वा लामो समयसम्म स्खलन नहुनु, महिलामा हार्मोनल परिवर्तनका कारण यौन चाहना घट्नु, यौन रोगका कारण यौन सम्बन्ध राख्न नसक्नु शारीरिक समस्या मात्र होइन । यसमा मानसिक कारण पनि जिम्मेवार हुनसक्छ ।

यसले के स्पष्ट पार्छ भने यौन जीवन र मानसिक स्वास्थ्यबीच निकट सम्बन्ध छ । यौन शिथिलताले जसरी मानसिक समस्या ल्याउँछ, उसैगरी मानसिक समस्याले यौन उदासीनता पनि ल्याउँछ ।

यदि दम्पतीबीचको सम्बन्ध प्रगाढ छैन, आपसी असमझदारी छ भने त्यसको प्रभाव उनीहरुको यौन जीवनमा पर्छ । ठीक यसैगरी यौन जीवन सुमधुर नहुँदा उनीहरुबीचको भावनात्मक सम्बन्धमा पनि खल्लोपन महसुस हुन्छ । अर्थात् यी एकअर्कासँग अभिन्न रुपले जोडिएका छन् ।

यस्ता यौन समस्याले कसरी मानसिक स्वास्थ्यमा असर गर्छ भन्ने जान्नु भन्दाअघि यौन र मस्तिष्कबीचको सम्बन्धबारे जान्नु आवश्यक हुन्छ ।

Published Date: 20 March 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी