के नेपालमा फेरि लोडसेडिङको जोखिम बढेको हो ?

के नेपालमा फेरि लोडसेडिङको जोखिम बढेको हो ? : Icon Khabar

काठमाडौं, चैत ३ । भारतले आजदेखि नेपाललाई १२ घण्टा मात्रै विद्युत दिने भएको छ । २० घण्टा आयात हुँदै आएकामा भारतले अब साेलार आवर (बिहान ६ देखि बेलुका ६ बजेसम्म) मात्रै नेपाललाई विद्युत् बिक्री गर्ने भएको हो ।

भारतले नेपालमा विद्युत निर्यात गर्दा भएको सम्झौताको स्वीकृति दिँदा नै साेलार आवरमा मात्रै दिने सर्त राखेको थियो । उक्त सशर्तअनुसार भारतले २०२५ मार्च १५ तारिखदेखि जुन ३० सम्म सोलार आवरमा मात्रै नेपाललाई बिजुली दिने भएको हो ।

हाल पिक आवरमा दैनिक करिब १९० मेगावाट विद्युत आयात भइरहेको प्राधिरकणले बताएको छ । अब पिक आवरमा भारतबाट विद्युत आयात हुने छैन ।

नेपालमा अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित रहेकाले हिउँदमा विद्युत उत्पादन करिब एक तिहाइमा सीमित हुन्छ। त्यसैले प्राधिकरणले हिउँद सुरु हुनासाथ भारतबाट आयात गरेर बिजुली आपूर्ति गर्दै आएको छ। तर, भारतले पनि घाम लाग्ने समयमा मात्रै विद्युत् दिने भएपछि नेपालमा फेरि लोडसेडिङको जोखिम बढेको हो ।

हाल प्राधिकरण उचित र प्रभावकारी व्यवस्थापनमार्फत लोडसेडिङको अवस्था आउन नदिइने पक्षमा लागिरहेको छ । तर, सर्वसाधारणलाई बिजुली दिन प्राधिकरण सक्षम रहेपनि उद्योगहरुमा भने कटौती हुने देखिन्छ ।

Published Date: 16 March 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी