के नेपालमा फेरि लोडसेडिङको जोखिम बढेको हो ?

के नेपालमा फेरि लोडसेडिङको जोखिम बढेको हो ? : Icon Khabar

काठमाडौं, चैत ३ । भारतले आजदेखि नेपाललाई १२ घण्टा मात्रै विद्युत दिने भएको छ । २० घण्टा आयात हुँदै आएकामा भारतले अब साेलार आवर (बिहान ६ देखि बेलुका ६ बजेसम्म) मात्रै नेपाललाई विद्युत् बिक्री गर्ने भएको हो ।

भारतले नेपालमा विद्युत निर्यात गर्दा भएको सम्झौताको स्वीकृति दिँदा नै साेलार आवरमा मात्रै दिने सर्त राखेको थियो । उक्त सशर्तअनुसार भारतले २०२५ मार्च १५ तारिखदेखि जुन ३० सम्म सोलार आवरमा मात्रै नेपाललाई बिजुली दिने भएको हो ।

हाल पिक आवरमा दैनिक करिब १९० मेगावाट विद्युत आयात भइरहेको प्राधिरकणले बताएको छ । अब पिक आवरमा भारतबाट विद्युत आयात हुने छैन ।

नेपालमा अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित रहेकाले हिउँदमा विद्युत उत्पादन करिब एक तिहाइमा सीमित हुन्छ। त्यसैले प्राधिकरणले हिउँद सुरु हुनासाथ भारतबाट आयात गरेर बिजुली आपूर्ति गर्दै आएको छ। तर, भारतले पनि घाम लाग्ने समयमा मात्रै विद्युत् दिने भएपछि नेपालमा फेरि लोडसेडिङको जोखिम बढेको हो ।

हाल प्राधिकरण उचित र प्रभावकारी व्यवस्थापनमार्फत लोडसेडिङको अवस्था आउन नदिइने पक्षमा लागिरहेको छ । तर, सर्वसाधारणलाई बिजुली दिन प्राधिकरण सक्षम रहेपनि उद्योगहरुमा भने कटौती हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 March 2025
Website | + posts


ताजा
भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन
साइलेन्ट हार्ट अट्याक किन हुन्छ?
भारतको उत्तराखण्डमा आएको बाढीमा परी जाजरकोटका १३ जनाभन्दा बढी सम्पर्कविहीन
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
भक्तपुर झौखेलको हरियाली: असारमा रोपाइँ सकेपछि देखिएको रमणीय दृश्य (फोटो फिचर)