कण्डमबारे राेचक इतिहास तपाईलाई थाहा छ ?

कण्डमबारे राेचक इतिहास तपाईलाई थाहा छ ? : Icon Khabar

काठमाडौँ, फागुन २७ । कण्डम पुरुषको उत्तेजित लिङ्गमा लगाइने एक प्रकारको रबरको पातलो खोल हो । यसले शुक्रकिटलाई महिलाको पाठेघरमा बस्न नदिएर गर्भ रहनबाट बचाउने गर्छ ।

पुरुषले यदि हरेक पटक यौन सम्पर्क गर्दा सही तरिकाले कण्डम प्रयोग गर्ने हो भने यसले गर्भ राक्नमा ९८ प्रतिशत प्रभावकारी रहने चिकित्सकहरुले बताउने गरेका छन् । यस्तै कण्डमको प्रयोगले एचआइभीसहितका यौन रोगबाट बच्न सकिन्छ ।

इसापूर्व १३५० मा इजिप्टमा पुरुषहरुले आफ्नो लिङ्ग सजाउने गर्दथे । सन १५६४ मा इटाली देशमा शरीर शैल्यबिज्ञ फेलो पिग्सका अनुसार बुनेको कपडाको कण्डम प्रयोग हुन्थ्यो । १८औँ शताब्दीमा आएर कण्डमको अन्तराष्ट्रियनामाकरण गरिएको, जुन कण्डम आन्द्रा मुख्यतय भेडाको आन्द्राबाटबनेको थियो । विभिन्न धार्मिक संघ, संगठनहरुको बिरोधको बाबजुदपनि कण्डम बजारले व्यापकता पाउँदै गयो ।

१८औँ शताब्दीमा कण्डमविभिन्न गुणस्तर तथा आकारमा पाउन थालियो । कण्डम क्याफे,आौषधी पसल, रेष्टुरा, नाटकघरमा रसिया तथा सम्पूर्ण युरोप भरमापाउन थालियो । विस्तारै कण्डमले अमेरिका प्रवेश गर्न थाल्यो । तरत्यस समयमा कण्डम उच्च वर्गको समाजको लागि मात्र सहज थियो ।

१९औँ शताब्दीको सुरुवात तिर पहिलो पटक गरीव समुदायहरुमा पनिपरिवार नियोजनको साधनको रुपमा प्रयोग गर्न जनचेतनामूलककार्यक्रमहरु थालियो । विभिन्न राष्ट्रहरुले कानुन नै पारित गरेर कण्डम निर्माण तथा प्रयोग प्रर्वद्धनमा जोड दिन थाले ।

विभिन्न बाधा-ब्यबधानलाई तोड्दै १९औँ शताब्दीको अन्त्य तिर कण्डमपश्चिमी संसारभर एउटा प्रसिद्ध परिवार नियोजनको साधनको रुपमाविकास भयो । १९औँ शताब्दीको अन्त्य तिर जर्मन सैनिकहरुलेआफ्ना सैनिकहरुलाई कण्डम प्रयोग गर्न प्रोत्साहन गरे ।

यता २०औँ शताब्दीको सुरुतिर अमेरिकन सैनिकमा कण्डम प्रयोगले यौन रोग संक्रमण दर ह्वात्तै घटाएर लगेको अनुसन्धानले पत्ता लगायो । सन १९२० मा आएर संसारभर कण्डमको प्रयोग दोब्बर भएर गयो । संसारको पहिलो रबर निर्मित कण्डम सन १८५५ मा बनेको पाइन्छ । जुन साइकलको ट्यूब जत्तिकै बाक्लो थियो । यसको अलाबा पनि संयुक्त राज्य अमेरिका र बेलायतमा रबरले बनेका लिङ्गमुन्ड मात्र छोपिने कण्डमको प्रयोग हुन्थ्यो ।

दोश्रो विश्वयुद्धको समय भरीकण्डमलाई चलचित्र, पोस्टर तथा अध्यापनको माध्यमबाट झन्व्यापकता दिइयो । दोस्रो विश्वयुद्ध पश्चात सन् १९५५/१९६५ मा ४२५ अमेरिकनहरुले कण्डमलाई परिवार नियोजनको साधनको रुपमा प्रयोगगरेको इतिहास भेटिन्छ ।

यता बेलायतमा सन् १९५०/१९६० मा ६० प्रतिशत विवाहित जोडीले कण्डम प्रयोग गर्थे । सन् १९९५ मा अमेरिकी वजारमाप्लाष्टिक कण्डम पाइन थाले । यता १९८१ मा एड्स यौन सम्पर्ककोमाध्यमबाट सर्ने पत्ता लागेपछि त झन् एचआइभी किटाणु सर्न नदिनेकण्डमको प्रयोगले ब्यापकता पाउँदै गयो । कण्डमका विविध पक्षमाअनुसन्धान तीब्र गतिमा अघि बढी रहेको छ ।

नेपालमा वि.सं. २०३५ सालमा कण्डम, ब्रान्ड नाम “ढाल” राखेरविक्री वितरण गर्न थालियो । त्यसपछि अनेकौ नाममा नेपाली वजारमाकण्डम आउन थाले । कण्डमको गुण र स्तरको आधारमा मूल्य पनिफरक फरक पाइन्छन् ।

कण्डम लेटेक्स सिन्थेटिक रबरबाट निर्मित खोल हो जसलाई पुरुष वा महिलाले “यौन सम्पर्क” को बेला परिवार नियोजनको अस्थायीसाधनको रुपमा तथा एड्स तथा यौनजन्य रोगहरु बच्न प्रयोग गर्छन् ।

महिला कण्डममा दुईतिर रिङ्ग हुन्छन् । एउटा रिङ्ग पाठेघरकोमुखमा टाँसिन्छ भने अर्को रिङ्ग बाहिर योनी मुखमा रहन्छ । महिलाकण्डमहरु प्रयोग गर्न अलि गाह्रो र खर्चिलो हुन्छ तर पनि यसको प्रयोगबढ्दै गइरहेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 March 2025
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने