काठमाडौंको सिंहदरबार देखि नयाँ बानेश्वर क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी

काठमाडौंको सिंहदरबार देखि नयाँ बानेश्वर क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी : Icon Khabar

काठमाडौं, फागुन २६ । काठमाडौंका जिल्लाका केही क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आइतबार (फागुन २५) बाट लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा जारी भएको जिप्रका काठमाडौंले जनाएको छ ।

जारी गरिएको निषेधाज्ञा दुई महिनाका लागि भएको प्रशासनले जनाएको छ । निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न नपाइने प्रशासनले जनाएको छ ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा विरोध प्रदर्शन हुँदा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्ने भएकाले निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 March 2025
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने