२०८२ सालका लागि सार्वजनिक बिदाको तालिका सार्वजनिक

२०८२ सालका लागि सार्वजनिक बिदाको तालिका सार्वजनिक : Icon Khabar

काठमाडौं, फागुन १८ । नेपाल सरकारले आगामी २०८२ सालका लागि सार्वजनिक बिदाको तालिका सार्वजनिक गरेको छ । मन्त्रीपरिषद्को निर्णयअनुसार विभिन्न चाडपर्व, दिवस तथा क्षेत्रीय विशेषतालाई ध्यानमा राख्दै सार्वजनिक बिदा स्वीकृत गरिएको हो।

सरकारले नयाँ वर्ष, चण्डी, जनै पूर्णिमा, कृष्णजन्माष्टमी, घटस्थापना, दशैं, तिहार, छठ पर्व, धान्यपूर्णिमा, क्रिसमस डे, तमु ल्होछार, माघे संक्रान्ति, सोनाम ल्होछार, महाशिवरात्रि, ग्याल्पो ल्होछार, इदउल फित्र, वकर इद, फागु पूर्णिमा, तथा रामनवमी जस्ता पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

यस वर्षका लागि सार्वजनिक बिदाहरूको संख्या ३२ छ भने ५२ दिन शनिबार परेको छ । यसमा १३ दिन प्रमुख पर्वका लागि, ३ दिन धर्म, संस्कृति र भौगोलिक क्षेत्रका पर्वहरूको लागि, २ दिन महिला कर्मचारीका लागि, १ दिन शिक्षण संस्थाहरूका लागि, ४ दिन काठमाडौं उपत्यकामा मनाइने विशेष पर्वहरूका लागि, ६ दिन राष्ट्रिय दिवसका रूपमा, १ दिन अपांगता भएका कर्मचारीका लागि, २ दिन सार्वजनिक जन्मजयन्ती, र ३ दिन धर्मावलम्बी पर्वका लागि बिदा दिइने व्यवस्था गरिएको छ।

काठमाडौं उपत्यकामा मात्र मनाइने विशेष पर्वहरूका लागि पनि छुट्टै बिदा व्यवस्था गरिएको छ। यसमा साउन २५ गते गाईजात्रा, भदौ १५ गते गौरा पर्व, भदौ २१ गते इन्द्रजात्रा, चैत ४ गते घोडेजात्रा र मच्छिन्द्रनाथको भोटो देखाउने दिन काठमाडौं उपत्यकामा मात्र बिदा दिइने छ।

राष्ट्रिय दिवसका रूपमा वैशाख १८ गते मजदुर दिवस, जेठ १५ गते गणतन्त्र दिवस, माघ १६ गते शहीद दिवस, असोज ३ गते संविधान दिवस, फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस र फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसका दिन देशभर बिदा हुनेछ।

Published Date: 02 March 2025
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता