भक्तपुर, फागुन १८ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौं महाधिवेशन भक्तपुरमा जारी छ ।
शुक्रबार महाधिवेशन प्रतिनिधि एंव जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरूलाई पहिलो सत्रमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिक प्रशिक्षण दिनुका साथै जिल्ला, प्रदेश र केन्द्रीय नेता तथा जनवर्गीय संगठन प्रमुखहरूले प्रतिवेदन पेश गर्ने र त्यस प्रतिवेदनमाथि छलफल भएको थियो।
महाधिवेशनमा ५० जिल्लाबाट करिब ३ सय महाधिवेशन प्रतिनिधि सहभागी भएका छन् । फागुन १९ गतेसम्म आयोजना हुने आठौं महाधिवेशनले पार्टीको नेतृत्व चयन गर्नेछ ।
अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको हो । पार्टीको सातौं महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छेलाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ ।
आठौँ महाधिवेशनले बिजुक्छेकै नेतृत्वमा पार्टी अघि बढ्ने वा नयाँ नेतृत्व चयन हुने भन्ने बारे चर्चा देशैभरि रहेको पाइन्छ।
Published Date: 02 March 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news