नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशन जारी

नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशन जारी : Icon Khabar

भक्तपुर, फागुन १८ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौं महाधिवेशन भक्तपुरमा जारी छ ।

शुक्रबार महाधिवेशन प्रतिनिधि एंव जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरूलाई पहिलो सत्रमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिक प्रशिक्षण दिनुका साथै जिल्ला, प्रदेश र केन्द्रीय नेता तथा जनवर्गीय संगठन प्रमुखहरूले प्रतिवेदन पेश गर्ने र त्यस प्रतिवेदनमाथि छलफल भएको थियो।

महाधिवेशनमा ५० जिल्लाबाट करिब ३ सय महाधिवेशन प्रतिनिधि सहभागी भएका छन् । फागुन १९ गतेसम्म आयोजना हुने आठौं महाधिवेशनले पार्टीको नेतृत्व चयन गर्नेछ ।

अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको हो । पार्टीको सातौं महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छेलाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ ।

आठौँ महाधिवेशनले बिजुक्छेकै नेतृत्वमा पार्टी अघि बढ्ने वा नयाँ नेतृत्व चयन हुने भन्ने बारे चर्चा देशैभरि रहेको पाइन्छ।

Published Date: 02 March 2025


ताजा
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली