काठमाडौं सुकेधारामा शव फेला, हत्याको आशंका

काठमाडौं सुकेधारामा शव फेला, हत्याको आशंका : Icon Khabar

काठमाडौँ, फागुन १५ । काठमाडौंको सुकेधारामा एक पुरुषको शव फेला परेको छ। धोबीखोला नजिकैको भत्किएको संरचनामा प्रयोगमा नरहेको शौचालयभित्र उक्त शव भेटिएको प्रहरीले जानकारी दिएको छ । शवलाई फोहोर थुप्रोले ढाकेर राखेको प्रहरी बताएको हो ।

उक्त शव ओखलढुंगा घर भई काठमाडौं बस्दै आएका ५० वर्षीय अडविर राईको रहेको प्रहरीले जनाएको छ । शवलाई म्याट्रेस, सिरानी, झोला र फोहोर कपडाहरूले छोपेर राखेको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको प्रहरीको भनाइ छ ।

मृतक व्यक्तिको टाउको, निधार र नाकमा धारिलो हतियारले प्रहार गरिएको प्रहरीको भनाइ छ । मृतकको अनुहार र कपालमा रगत लतपतिएको समेत रहेको अनुसन्धानमा खटिएको प्रहरीले जानकारी दिएको छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । शवलाई महाराजगन्ञजस्थित शिक्षण अस्पतालमा राखिएको प्रहरीले जानकारी दियो ।

Published Date: 27 February 2025


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली