काठमाडौं सुकेधारामा शव फेला, हत्याको आशंका

काठमाडौं सुकेधारामा शव फेला, हत्याको आशंका : Icon Khabar

काठमाडौँ, फागुन १५ । काठमाडौंको सुकेधारामा एक पुरुषको शव फेला परेको छ। धोबीखोला नजिकैको भत्किएको संरचनामा प्रयोगमा नरहेको शौचालयभित्र उक्त शव भेटिएको प्रहरीले जानकारी दिएको छ । शवलाई फोहोर थुप्रोले ढाकेर राखेको प्रहरी बताएको हो ।

उक्त शव ओखलढुंगा घर भई काठमाडौं बस्दै आएका ५० वर्षीय अडविर राईको रहेको प्रहरीले जनाएको छ । शवलाई म्याट्रेस, सिरानी, झोला र फोहोर कपडाहरूले छोपेर राखेको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको प्रहरीको भनाइ छ ।

मृतक व्यक्तिको टाउको, निधार र नाकमा धारिलो हतियारले प्रहार गरिएको प्रहरीको भनाइ छ । मृतकको अनुहार र कपालमा रगत लतपतिएको समेत रहेको अनुसन्धानमा खटिएको प्रहरीले जानकारी दिएको छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । शवलाई महाराजगन्ञजस्थित शिक्षण अस्पतालमा राखिएको प्रहरीले जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 February 2025
Website | + posts




ताजा
रियल म्याड्रिडद्वारा बार्सिलोना २–१ ले पराजित
आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने