भक्तपुर, फागुन १४ । महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको विभिन्न शिवालयहरुमा बिहानै देखि दर्शनार्थीहरुको भीड लागेको छ। भक्तपुरको साँगामा अवस्थित कैलाशनाथ महादेव स्थानमा पनि भीड लागेको हो ।
भक्तपुरको डोलेश्वर महादेवको मन्दिर, भक्तपुर र काभ्रे जिल्लाको संगममा अवस्थित आशापुरी महादेवको मन्दिर, भक्तपुरको कमलविनायकमा अवस्थित यातु महादेव, भक्तपुर कै हनुमानघाट, अनि भक्तपुर दरबार क्षेत्रमा अवस्थित पशुपतिनाथको मन्दिर मा आज भक्तजनहरुको विशेष उपस्थिति रहेको छ।
Published Date: 26 February 2025