भक्तपुर, फागुन १४ । महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको विभिन्न शिवालयहरुमा बिहानै देखि दर्शनार्थीहरुको भीड लागेको छ । भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा आज भक्तजनहरुको विशेष उपस्थिति रहेको छ।
भक्तपुर सहरबाट दक्षिण-पूर्वी कुनोमा अवस्थित सिपाडोलमा रहेको महादेव मन्दिर हो । यसलाई केदारनाथको शिर पनि भनिन्छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित शिवरात्रि पर्वका लागि मात्रै मन्दिरको चारैवटा ढोका खुला रहने डोलेश्वर महादेव मन्दिरमा आज दर्शनार्थीको बिहान ४ बजेदेखि भीड लागेको छ।
काठमाडौंबाट सूर्यविनायक गणेशमन्दिरतिर लाग्ने मोड भक्तपुरको पहिले ट्रलिबस रोकिने ठाउँसम्म पुगेर त्यहीँबाट सिपाडोल जान बस समाएर सूर्यविनायक गणेशमन्दिरको बायाँतिरबाट पन्ध्र मिनेट जत्तिकै बिमला नाम गरेको खोलावारी सिपाडोल बसपार्क पुगिन्छ। त्यहाँबाट पूर्वतर्फको कच्ची सडक हुँदै पैदल तल ओर्लेर बिमला खोलामाथिको पुल तरेर उकालो लगभग आधा घन्टा हिँडेपछि डोलेश्वर मन्दिर भेटिन्छ।
Published Date: 26 February 2025