महाशिवरात्री विशेष: भक्तपुरको डोलेश्वर मन्दिरमा भक्तजनहरुको घुइंचो (फोटो फिचर)

महाशिवरात्री विशेष: भक्तपुरको डोलेश्वर मन्दिरमा भक्तजनहरुको घुइंचो (फोटो फिचर) : Icon Khabar

भक्तपुर, फागुन १४ । महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको विभिन्न शिवालयहरुमा बिहानै देखि दर्शनार्थीहरुको भीड लागेको छ । भक्तपुरको  डोलेश्वर महादेवको मन्दिरमा आज भक्तजनहरुको विशेष उपस्थिति रहेको छ।

भक्तपुर सहरबाट दक्षिण-पूर्वी कुनोमा अवस्थित सिपाडोलमा रहेको महादेव मन्दिर हो । यसलाई केदारनाथको शिर पनि भनिन्छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित शिवरात्रि पर्वका लागि मात्रै मन्दिरको चारैवटा ढोका खुला रहने डोलेश्वर महादेव मन्दिरमा आज दर्शनार्थीको बिहान ४ बजेदेखि भीड लागेको छ।

काठमाडौंबाट सूर्यविनायक गणेशमन्दिरतिर लाग्ने मोड भक्तपुरको पहिले ट्रलिबस रोकिने ठाउँसम्म पुगेर त्यहीँबाट सिपाडोल जान बस समाएर सूर्यविनायक गणेशमन्दिरको बायाँतिरबाट पन्ध्र मिनेट जत्तिकै बिमला नाम गरेको खोलावारी सिपाडोल बसपार्क पुगिन्छ। त्यहाँबाट पूर्वतर्फको कच्ची सडक हुँदै पैदल तल ओर्लेर बिमला खोलामाथिको पुल तरेर उकालो लगभग आधा घन्टा हिँडेपछि डोलेश्वर मन्दिर भेटिन्छ।

Published Date: 26 February 2025


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली