बुधबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढ्यो

बुधबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, फागुन ७ । सुनको भाउ लगातार ३ दिन बढेको छ । यो ३ दिनमा सुनको भाउ ३ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार र मंगलबार पनि सुनको भाउ क्रमशः प्रतितोला १२०० र ७०० रुपैयाँले बढेको थियो । यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यता, बुधबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १९ सय ८५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ तोलाको १९ सय ७० रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 February 2025
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न