चीनमा तीन वर्षमा स्थापना भए १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू

चीनमा तीन वर्षमा स्थापना भए १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू : Icon Khabar

बेइजिङ, फागुन ७ । चीन विज्ञान तथा प्रविधि सङ्घ (कास्ट) का अनुसार विगत तीन वर्षमा चीनमा १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू स्थापना भएका छन् ।

संस्थाहरूमा अन्तर्राष्ट्रिय हाइड्रोजन फ्युल सेल एसोसिएसन, विश्व रोबोट सङ्गठन, युवा वैज्ञानिकको विश्व सङ्घ र एशिया सिमुलेशन महासङ्घ समावेश छन् । कास्ट नेटवर्क भित्र दुई हजार भन्दा बढी विशेषज्ञहरूले अन्तर्राष्ट्रिय संस्थाहरूमा कार्यरत रहेका छन् ।

कास्टले अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदान, विज्ञान लोकप्रियता र शिक्षामा सहयोग लगायत धेरै डोमेनहरूमा अन्तर्राष्ट्रिय समकक्षहरूसँग सहयोग सुदृढ गरेको छ । कास्टको अनुसार, सन् २०२४ मा धेरै शैक्षिक संस्थाहरूले चीनमा एक हजार भन्दा बढी अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना गरे ।

संस्थाले सन् २०२५ मा विदेशी वैज्ञानिक समुदायसँग व्यावसायिक आदानप्रदानका लागि निरन्तरता दिने र अन्तर्राष्ट्रिय गैर–सरकारी वैज्ञानिक सहयोग विस्तार गर्ने बताएको छ । – रासस, सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 February 2025
Website | + posts
ताजा
सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक
स्वास्थ्य बीमा बोर्डले भुक्तानी रकम दिन नसकको अवस्थामा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए राजीनामा
नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा
टी २० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध