चीनमा तीन वर्षमा स्थापना भए १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू

चीनमा तीन वर्षमा स्थापना भए १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू : Icon Khabar

बेइजिङ, फागुन ७ । चीन विज्ञान तथा प्रविधि सङ्घ (कास्ट) का अनुसार विगत तीन वर्षमा चीनमा १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू स्थापना भएका छन् ।

संस्थाहरूमा अन्तर्राष्ट्रिय हाइड्रोजन फ्युल सेल एसोसिएसन, विश्व रोबोट सङ्गठन, युवा वैज्ञानिकको विश्व सङ्घ र एशिया सिमुलेशन महासङ्घ समावेश छन् । कास्ट नेटवर्क भित्र दुई हजार भन्दा बढी विशेषज्ञहरूले अन्तर्राष्ट्रिय संस्थाहरूमा कार्यरत रहेका छन् ।

कास्टले अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदान, विज्ञान लोकप्रियता र शिक्षामा सहयोग लगायत धेरै डोमेनहरूमा अन्तर्राष्ट्रिय समकक्षहरूसँग सहयोग सुदृढ गरेको छ । कास्टको अनुसार, सन् २०२४ मा धेरै शैक्षिक संस्थाहरूले चीनमा एक हजार भन्दा बढी अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना गरे ।

संस्थाले सन् २०२५ मा विदेशी वैज्ञानिक समुदायसँग व्यावसायिक आदानप्रदानका लागि निरन्तरता दिने र अन्तर्राष्ट्रिय गैर–सरकारी वैज्ञानिक सहयोग विस्तार गर्ने बताएको छ । – रासस, सिन्ह्वा

Published Date: 19 February 2025


ताजा
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी