बार्सिलोना शीर्ष स्थानमा उक्लियो

बार्सिलोना शीर्ष स्थानमा उक्लियो : Icon Khabar

काठमाडौं, फागुन ६ । बार्सिलोना स्पेनिस ला लिगाको स्थानमा उक्लिएको छ । रायो भालोसानोलाई सोमवार १-० ले पराजित गरेको बार्सिलोना रियल म्याड्रिडलाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि रोर्बट लेवान्डोव्स्कीले गोल गरे । उनले २८औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल निर्णायक बन्यो।

जितसँगै बार्सिलोनाको २४ खेलबाट ५१ अंक भएको छ । दोस्रो स्थानमा रहेको रियलको पनि ५१ अंक भएपनि गोलअन्तरको पछि पर्यो

समान खेलबाट ५० अंक जोडेको एट्लेटिको मड्रिड तेस्रो स्थानमा छ । भालोसानो २४ खेलमा ३५ अंकका साथ छैठौं स्थानमा छ ।

Published Date: 18 February 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु