आज १४ फेब्रुअरी अर्थात प्रणय दिवस

आज १४ फेब्रुअरी अर्थात प्रणय दिवस : Icon Khabar

काठमाडौँ, फागुन २ । आज १४ फेब्रअरी अर्थात भ्यालेन्टाइन्स डे । हरेक वर्ष १४ फेब्रुअरीकै दिन विश्वभर नै भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन्स डे विश्वभर पर्वकै रुपमा स्थापित भईसकेको छ । विशेष गरी युवायुवतीले उत्साहकासाथ नेपालमा पनि भ्यालेन्टाइन्स डे मनाउने गरेका छ ।

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ । यो दिवस अहिले विश्वभर चर्चित रहेको छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ ।

तेस्रो सताब्दीमा एक रोममा क्लोडियस नामक एक शासक थिए । उनले भन्ने गर्दथे- ‘जब बिहे गरिन्छ, पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ, त्यसैले आजदेखि कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न पाउने छैन ।’  उनले आफ्नो राज्यमा उद्घोष गरिदिए, तर भ्यालेन्टाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरोधमात्र गरेनन्, सन्त भ्यालेन्टाइनले सायौं अधिकारी र सैनिकको विवाह समेत गराइदिए ।

भ्यालेन्टाइनको यस्तो क्रियाकलापबाट क्लोडियस क्रोधित भई सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिने निर्णय गरे । फाँसीको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रम योर भ्यालेन्टाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईंकी आफ्नी दृष्टिबिहीन छोरीलाई दिनू।’ यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरुले प्रणय दिवस मनाउन सुरु गरे ।

पछिल्लो समय भ्यालेन्टाइन डे आउनु एक हप्ता पहिले नै सप्ताहाव्यपी रुपमा यो दिवस मनाईने गरिन्छ । फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे, ९ लाई चक्लेट डे, १० लाई टेडी डे, ११ लाई प्रमिस डे, १२ लाई चुम्बन ९किस० डे, १३ लाई हग डे र १४ लाई भ्यालेन्टाइन डे को रुपमा मनाउने गरिन्छ ।

Published Date: 14 February 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली