शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर : Icon Khabar

काठमाडौँ, फागुन २ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ५६ पैसा र बिक्रीदर १४५ रूपैयाँ १९ पैसा तोकिएको छ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रूपैयाँ २७ पैसा र बिक्रीदर १७४ रूपैयाँ ०२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रूपैयाँ ९७ पैसा र बिक्रीदर १५३ रूपैयाँ ६४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ०८ पैसा र बिक्रीदर ९७ रूपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ८४ पैसा र बिक्रीदर १०३ रूपैयाँ २८ निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ०२ पैसा र बिक्रीदर नौ रूपैयाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १९ रूपैयाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रूपैयाँ २२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १० पैसा र बिक्रीदर चार रूपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १४ पैसा र बिक्री दर ३१ रूपैयाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ८० पैसा र बिक्रीदर १२ रूपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर १७ रूपैयाँ ८१ पैसा र बिक्री दर १७ रूपैयाँ ८९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८१ पैसा र बिक्रीदर १७ रूपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रूपैयाँ ३२ पैसा र बिक्रीदर ४५१ रूपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ १० पैसा र बिक्रीदर ३६९ रूपैयाँ ६९ पैसा र ओमनी रियाल एकको खरिददर ३६० रूपैयाँ ३५ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ९१ पैसा निर्धारण भएको छ ।

यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 February 2025
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला