च्याम्पियन्स लिग : प्लेअफको पहिलो लेगमा बायर्नको जित

च्याम्पियन्स लिग : प्लेअफको पहिलो लेगमा बायर्नको जित : Icon Khabar

काठमाडौं, फागुन १ । बायर्न म्युनिखले च्याम्पियन्सिप लिग प्ले अफको पहिलो लेग जितेको छ।

बायर्नले बुधवार स्कटल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिस र हेरी केनले गोल गरे । सेल्टिकका डेजेन मेडाले गोल फर्काए ।

बायर्नका ओलिसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा केनले गोल गर्दै बार्यनको अन्तिम १६ को सम्भावनालाई थप मजबुत बनाए। घरेलुु मैदानमा सेल्टिकका लागि मेडाले ७९ औं मिनेटमा गोल गरे।

प्ले अफका अन्य खेलमा पोर्चुगलको बेन्फिका, बेल्जियमको क्लब ब्रुग र नेदरल्याण्ड्सको फियनोर्ड विजयी भएका छन्।

पोर्चुगलको बेन्फिकाले फ्रान्सको एएस मोनाकोलाई र फियनोर्डले इटालीको एसी मिलानलाई समान १-० ले हरायो । क्लब ब्रुगले इटालीको एट्लान्टामाथि २-१ को जित निकाल्यो।–एजेन्सी

Published Date: 13 February 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु