च्याम्पियन्स लिग : प्लेअफको पहिलो लेगमा बायर्नको जित

च्याम्पियन्स लिग : प्लेअफको पहिलो लेगमा बायर्नको जित : Icon Khabar

काठमाडौं, फागुन १ । बायर्न म्युनिखले च्याम्पियन्सिप लिग प्ले अफको पहिलो लेग जितेको छ।

बायर्नले बुधवार स्कटल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिस र हेरी केनले गोल गरे । सेल्टिकका डेजेन मेडाले गोल फर्काए ।

बायर्नका ओलिसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा केनले गोल गर्दै बार्यनको अन्तिम १६ को सम्भावनालाई थप मजबुत बनाए। घरेलुु मैदानमा सेल्टिकका लागि मेडाले ७९ औं मिनेटमा गोल गरे।

प्ले अफका अन्य खेलमा पोर्चुगलको बेन्फिका, बेल्जियमको क्लब ब्रुग र नेदरल्याण्ड्सको फियनोर्ड विजयी भएका छन्।

पोर्चुगलको बेन्फिकाले फ्रान्सको एएस मोनाकोलाई र फियनोर्डले इटालीको एसी मिलानलाई समान १-० ले हरायो । क्लब ब्रुगले इटालीको एट्लान्टामाथि २-१ को जित निकाल्यो।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 February 2025
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने