आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, माघ १९ । आज २०८१ माघ १९ गते शनिबार, तद्अनुसार १ फेब्रुअरी २०२५ । आज माघ शुक्ल तृतिया, परिधि गर पूर्व भाद्र, तिलकुन्द चौथी, सूर्योदय बिहानः ०६ः५० बजे, सूर्यास्त साँझ १७ः४४ बजे ।

आजको राशिफल

मेष: धन प्राप्ति सुगम हुनेछ । पराक्रम बढ्ने छ । जीवनसाथीसंग आर्थिक मतभेद हुनसक्छ । कामकाजमा आशा अनुरूपको स्थिति बन्ने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् ।

वृष: पुराना रोग बल्झिने सम्भावना छ । सामाजिक प्रतिष्ठामा कमी आउन सक्ने छ । विवाद समाप्त हुनाले शान्ति एवं सन्तोष प्राप्त हुनेछ । सन्तानप्रति झुकाव बढ्ने छ ।

मिथुन: आम्दानीमा वृद्धि हुनेछ । लाभमा वृद्धि हुनेछ । शेयर मार्केटबाट लाभ हुनेछ । यात्रा लाभदायक रहने छ ।

कर्कट: आर्थिक उन्नतिको योजना बन्ने छ । व्यापार लाभदायक रहने छ । प्रसन्नतामा वृद्धि हुनेछ । मान–सम्मान पाइने छ ।

सिंह: जागिरमा प्रभाव बढ्ने छ । शत्रुबाट सावधान रहनु होला । धार्मिक अनुष्ठानमा भाग लिने अवसर प्राप्त हुनेछ । तीर्थ यात्राको योजना बन्ने छ ।

कन्या: बनिसकेको काममा वाधा उत्पन्न हुन सक्छ । चिन्ता तथा तनाव रहने सम्भावना छ । अनावश्यक कुरामा ध्यान नदिनु होला ।

तुला: शत्रु पराजित हुनेछन् । सुखका साधनमा खर्च हुनेछ । धन लाभको अवसर हात आउने छ । ठूलो लाभ हुनसक्छ । रोजगार प्राप्तिको प्रयास सफल रहने छ । परीक्षा अथवा साक्षात्कार आदिमा सफलता पाइने छ । भाग्यको साथ रहने छ ।

वृश्चिक: कुनै मांगलिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् । कुनै वरिष्ठ तथा प्रबुद्ध व्यक्तिको मार्गदर्शन अथवा सहयोग प्राप्त हुनेछ । व्यापारबाट लाभ हुनेछ । भाग्यको साथ पाइने छ ।

धनु: रचनात्मक कार्य सफल रहने छन् । पार्टी अथवा पिकनिकको आनन्द प्राप्त हुनेछ । साथीहरुसंग समय मनोरञ्जक रहने छ । प्रसन्नतामा वृद्धि हुनेछ ।

मकर: मेहनत बढी हुनेछ । लाभको अवसर टर्नेछ । कुनै ठूलो वाधा उत्पन्न हुन सक्ने छ ।

कुम्भ: व्यापार लाभदायक रहने छ । लगानी शुभ रहने छ । ऐश्वर्यका साधननहरुमा खर्च हुनेछ । सुख–शान्ति रहने छ ।

मीन : आज भूमि अथवा भवन सम्बन्धि योजना बन्ने छ । बाहिरी सहयोग प्राप्त हुनेछ । परिवारमा सहयोगको वातावरण रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 February 2025
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने