शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर : Icon Khabar

काठमाडौँ, माघ १८ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९१ पैसा कायम भएको छ । बिहीबारको तुलनामा डलरको भाउ वृद्धि भएको छ ।

युरोपियन युरो एकको खरिदर १४३ रूपैयाँ ७६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ३८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रूपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रूपैयाँ ६८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर १५२ रूपैयाँ २१ पैसा र बिक्रीदर १५२ रूपैयाँ ८७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदर ८६ रूपैयाँ १३ पैसा र बिक्रीदर ८६ रूपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रूपैयाँ र बिक्रीदर ९६ रूपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १०२ रूपैयाँ ७९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर आठ रूपैयाँ ९५ पैसा र बिक्रीदर आठ रूपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १९ रूपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ ९४ पैसा र बिक्रीदर ३८ रूपैयाँ १० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर चार रूपैयाँ १० पैसा र बिक्रीदर चार रूपैयाँ १२ पैसा, युएई दिराम एकको खरिदर ३७ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८२ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रूपैयाँ ४८ पैसा र बिक्रीदरट ३१ रूपैयाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिदार नौ रूपैयाँ ५९ पैसा र बिक्रीदर नौ रूपैयाँ ६३ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रूपैयाँ ५४ पैसा र बिक्रीदर १२ रूपैयाँ ६० पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ २७ पैसा र बिक्री दर १९ रूपैयाँ ३५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रूपैयाँ ७५ पैसा र बिक्रीदर १७ रूपैयाँ ८३ पैसा, कुवेती दिनार एकको खरिदर ४४८ रूपैयाँ ३७ पैसा र बिक्रीदर ४५० रूपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिदर ३६६ रूपैयाँ ८९ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ४९ पैसा, ओमनी रियाल एकको खरिदर ३५९ रूयैयाँ २५ पैसा र बिक्रीदर ३६० रूपैयाँ ८१ पैसा तथा भारतीय रूपैयाँ १०० को खरिदर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Published Date: 31 January 2025
ताजा
बुकाचो गढी : उपत्यकाको मनोरम दृश्यसँगै इतिहास र हिमाल अवलोकन गर्ने पर्यटकीय गन्तव्य (फोटो फिचर)
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक


ट्रेन्डिङ
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो