काठमाडौं, माघ १९ । नेपाल, नेदरल्यान्ड्स र थाइल्याण्ड सम्मिलत महिला टी ट्वेन्टी अन्तर्राष्ट्रिय त्रिदेशीय श्रृंखलामा आज (शनिबार) नेपालले थाइल्याण्डको सामना गर्दैछ । त्रिवि क्रिकेट मैदानमा खेल मध्याह्न सवा १२ बजे सुरू हुनेछ । जारी श्रृंखलामा नेपालको यो दोस्रो खेल हुनेछ ।
आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले हारेको नेपाल आज पुनरागमन गर्ने योजनामा हुनेछ । नेदरल्यान्ड्स विरुद्ध १५८ रनको लक्ष्य पछ्याएको नेपालले १३७ रन मात्र बनाउन सकेको थियो । सो खेलमा अन्डर–१९ टिमकी कप्तान तथा अलराउन्डर पूजा महतोले आक्रामक इनिङ्स खेले पनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्ने सकेनन् ।
बलियो टोली थाइल्याण्डलाई पराजित गर्न आज कप्तान इन्दु बर्मा चल्नु आवश्यक छ । त्यस्तै रुविना क्षेत्री, बिन्दु रावल र सम्झना खड्काबाट टिमले राम्रो ब्याटिङ प्रदर्शनको अपेक्षा गरेको छ । सीता राना मगरको फिटनेटसमा समस्या छ ।
थाइल्याण्ड आज लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
उसले नेदरल्यान्ड्स विरुद्ध ८ विकेटको सहज जित हात पारेको थियो । नेदरल्यान्ड्सले दिएको १२३ रनको लक्ष्य उसले १८ ओभरमा केवल २ विकेट गुमाएर पूरा गरेको थियो । आईसीसी महिला टी ट्वेन्टी अन्तर्राष्ट्रिय वरीयतामा थाइल्यान्ड १६ औं र नेपाल २० औं स्थानमा छ । दुई टोलीबीच खेलिएका तीन टी ट्वेन्टी अन्तर्राष्ट्रियमा नेपालले थाइल्याण्डलाई हराउन सकेको छैन ।
नेपाली महिला टोली
इन्दु बर्मा(कप्तान), बिन्दु रावल, सम्झना खड्का, कविता कुवँर, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, रेवती धामी, इश्वरी बिष्ट र सिता राना मगर
थाइल्याण्डको टोली
नारुइमोल चाइवाई, नाट्टाया बुचाथम, नाथाकन चान्थम, नान्नापत खोन्चरोएन्क, अफिसारा सुवान्चोनरथी, चानिदा सुत्थीरुआंग, ओनिचा कामचोम्फु, रोसेनी कानोह, सुलेपोर्न लाओमी, थिपचा पुत्थावोंग, सुवानान खियाओतो, फन्नीता माया, सुनिदा चतुरोंगरत्न र नान्नाफाट चैहान
Published Date: 01 February 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news