एम्बाप्पेको ह्याट्रिकमा रियलको जित

एम्बाप्पेको ह्याट्रिकमा रियलको जित : Icon Khabar

काठमाडौँ, माघ १३ । रियल म्याड्रिड स्पेनिस ला लिगामा थप मजबुत भएको छ ।

रियलले भालाडोलिडलाई शनिवार ३-० ले हराउँदै रियलले दोस्रो टोलीसँगको अंक दूरीलाई अझै बढाएको छ। केलियन एम्बाप्पेको ह्याट्रिकमा पूरा गरे।

३० औं मिनेटमा पहिलो गोल गरेका एमबाप्पेले ५७ औं मिनेटमा अर्को गोल थपे । इन्ज्युरी समयमा पेनाल्टीमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरे । रियलबाट पहिलो ह्याट्रिक गरेका एम्बाप्पेको यो सिजन १५ गोल पुगेको छ।

रियलको २१ खेलबाट ४९ अंक भएको छ । दोस्रो स्थानको एलेटिको म्याड्रिड समान खेलबाट ४५ अंक छ । एटलेटिकोले भिल्लारियलसँग १-१ को बराबरी खेले।

अन्य खेलमा रियल बेटिसले मालोर्कालाई १-० ले‌ हरायो । लस पालमस र ओसासुना तथा सेभिल्ला र‌ इस्पानुयलले १-१ को बराबरी खेले । – एजेन्सी

Published Date: 26 January 2025


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु