आज कस्तो रहला देशभरको मौसम ?

आज कस्तो रहला देशभरको मौसम ? : Icon Khabar

काठमाडौँ, माघ १३ । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (आइतबार बिहान) कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागको मौसम आंशिक बदली छ । तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ । देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।

‘बुलेटिनमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’ आज बिहान ६ बजेर ५३ मिनेट जाँदा सूर्योदय भएको छ । सूर्यास्त साँझ पाँच बजेर ४० मिनेटमा हुनेछ ।

बढ्यो काठमाडौंको न्यूनतम तापक्रम
काठमाडौंको न्यूनतम तापक्रम शनिबारको तुलनामा आइतबार बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखका अनुसार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ। शनिबार न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन भएको थियो । आइतबार बिहान काठमाडौंको आकाश बादलले ढाकेका कारण न्यूनतम तापक्रम केही बढेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

‘बिहान बादल भएका कारण न्यूनतम तापक्रम घट्न पाएन,’ उनले भनिन् । काठमाडौंमा आज दिनभरि आंशिक बदलीको हुने पनि उनले बताइन् । ‘घाम लाग्ने र बादल लाग्ने भइरहन्छ । वर्षाको सम्भावना भने छैन,’ मौसमविद् मानन्धरले भनिन् । काठमाडौंमा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ ।

Published Date: 26 January 2025


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु