आज कस्तो रहला देशभरको मौसम ?

आज कस्तो रहला देशभरको मौसम ? : Icon Khabar

काठमाडौँ, माघ १३ । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (आइतबार बिहान) कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागको मौसम आंशिक बदली छ । तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ । देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।

‘बुलेटिनमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’ आज बिहान ६ बजेर ५३ मिनेट जाँदा सूर्योदय भएको छ । सूर्यास्त साँझ पाँच बजेर ४० मिनेटमा हुनेछ ।

बढ्यो काठमाडौंको न्यूनतम तापक्रम
काठमाडौंको न्यूनतम तापक्रम शनिबारको तुलनामा आइतबार बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखका अनुसार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ। शनिबार न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन भएको थियो । आइतबार बिहान काठमाडौंको आकाश बादलले ढाकेका कारण न्यूनतम तापक्रम केही बढेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

‘बिहान बादल भएका कारण न्यूनतम तापक्रम घट्न पाएन,’ उनले भनिन् । काठमाडौंमा आज दिनभरि आंशिक बदलीको हुने पनि उनले बताइन् । ‘घाम लाग्ने र बादल लाग्ने भइरहन्छ । वर्षाको सम्भावना भने छैन,’ मौसमविद् मानन्धरले भनिन् । काठमाडौंमा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 January 2025
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला