देशका धेरै ठाउँमा बर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा बर्षा र हिमपातको सम्भावना : Icon Khabar

काठमाडौं, माघ ३ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (बिहीबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ । देशका केही भागमा बिहीबार वर्षा र हिमपातको सम्भावना छ । नयाँ मौसमी प्रणाली भित्रिँदा वर्षाको सम्भावना रहेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रिएको छ । त्यसैका कारण बिहीबार वर्षा र हिमपातको सम्भावना रहेको हो । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसम्म वर्षा हुने भए पनि पूर्वतर्फ यो प्रणालीले प्रभाव पार्ने छैन । काठमाडौंमा अहिले मौसम बदली हुनेछ । तर वर्षाको सम्भावना छैन ।

रातिसम्म मात्रै यो प्रणालीको प्रभाव रहे पनि शुक्रबार बिहान यो प्रणाली हटिसकेर मौमस सफा हुने महाशाखाले जनाएको छ । तराईका अधिकांश भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । पूर्वदेखि पश्चिमसम्म तराईका धेरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । विराटनगरसमा सबैभन्दा धेरै हुस्सु र कुहिरो लागेको छ । जसका कारण सबैभन्दा न्यून भिजिविलिटी छ ।

विराटनगर बिहान पौने ६ बजेको भिजिविलिटी एक सयमिटर छ । ‘सिमरामा तीन सय, नेपालगञ्जमा १२ सय र भैरहवामा १६ सय मिटर भिजिविलिटी रहेको छ’, मौसमविद् गोविन्द झाले भने । बुधबार यही समय विराटनगरमा ६०० मिटर, धनगढीमा ८०० मिटर, नेपालगञ्जमा ८०० मिटर र भैरहवामा दुई हजार मिटर भिजिविलिटी रहेको थियो ।

आजबाट हिजोको तुलनामा हुस्सु र कुहिरो केही कम लाग्ने पूर्वानुमान रहे पनि झन बढेको हो । न्यून भिजिविलिटीका कारण आज पनि बिहानको समयमा तराई क्षेत्रमा हवाई सेवा प्रभावित हुने सम्भावना छ । दुई हजार मिटरभन्दा तलको भिजिविलिटीमा विमान उडान तथा अवतरण गर्न कठिन हुन्छ ।

बाक्लो हुस्सु र कुहिरो लाग्दा चिसो बढेर जनजीवन प्रभावित हुँदै आएको छ । भिजिविलिटी कम हुँदा हवाई तथा सडक यातायात प्रभावित हुँदै आएको छ । न्यून तापक्रम, नगन्य मात्रमा मात्रै बादल लाग्नु र हावा कम लाग्नु नै हुस्सु र कुहिरो लाग्नुको मुख्य कारण हो ।

आज धेरै स्थानमा कुहिरो लागेको छ । एक किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्यसलाई कुहिरो भनिन्छ । एक किलोमिटरभन्दा बढी र पाँच किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्यो हुस्सु हुने मौसमविद् झाको भनाइ छ । हुस्सुमा भन्दा कुहिरोमा पानीको मात्रा बढी हुन्छ । हुस्सुमा सापेक्षित आद्रता सयभन्दा कम तर ७० प्रतिशतभन्दा बढी हुने उनले जानकारी दिए ।

Published Date: 16 January 2025
ताजा
देशभर भारी वर्षा, हिमपात र हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह
अमरज्योति ज्ञानकुञ्जको तेह्रौँ वार्षिकोत्सव: प्रतिभा, मूल्य र भविष्यको उज्यालो सम्भावना
आगामी चैत ३० गते आयुर्वेद चिकित्साको लाइसेन्स परीक्षा हुने
मध्यपूर्व युद्ध: ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणसँगै थप गम्भीर मोडमा


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता