इजराइल र हमासबीच युद्धविराम सहमति, विपिन रिहाइको खुल्यो बाटो

इजराइल र हमासबीच युद्धविराम सहमति, विपिन रिहाइको खुल्यो बाटो : Icon Khabar

काठमाडौं, माघ ३ । इजराइल र हमासबीच गाजामा युद्धविराम गर्ने सहमति भएको छ । कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको सोमबारदेखि लगातारको प्रयत्न बुधबार राति सफल भएको र हमास र इजराइलबीच युद्धविरामको सम्झौता भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले बुधबार पत्रकार सम्मेलनमा दुई पक्षबीच युद्धविरामको सम्झौता भएको जानकारी दिएका छन् । युद्धविरामको सम्झौता आइतबारदेखि कार्यान्वयनमा जाने पनि प्रधानमन्त्री शेख मोहम्मदले बताएको भनेर समाचार संस्था रोयटर्सले लेखेको छ ।

उनले वार्ताकारहरू सम्झौता लागु गर्नका लागि इजराइल र हमासका प्रतिनिधिसँग बाँकी प्रक्रियामा काम गरिरहेको बताएका छन् । योसँगै गाजामा १५ महिनादेखि चलेको रक्तपात अन्त्य भएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो सम्झौताले गजामा भइरहेको लडाईंलाई रोक्ने बताएका छन् । ‘प्यालेस्टिनी नागरिकहरूलाई अत्यावश्यक मानवीय सहयोग बढाउनेछ र १५ महिनाभन्दा बढी समयदेखि बन्धकमा रहेकाहरूलाई उनीहरूको परिवारसँग पुनर्मिलन गराउनेछ,’ राष्ट्रपति बाइडेनले बुधबार वासिङ्टनमा भनेका थि ए।

अब यो सम्झौता इसराइली पक्षबाट कार्यान्वयन हुनका लागि त्यहाँको मन्त्रिपरिषदले पारित गर्नुपर्नेछ । त्यसका लागि इसराइली पक्षसँग मध्यस्तकर्ताहरूले थप छलफल गरिरहेको भनेर समाचार संस्था एशोसियटेड प्रेस (एपी)ले लेखेको छ।गाजामा अझै एक सय जना विभिन्न देशका नागरिकहरू हमासको बन्धकमा रहेको बताइएको छ । हमासको बन्धकमा नेपालका विपीन जोशी पनि छन् । इजराइल र हमासबीच पहिलो युद्धविराम सम्झौताको अवधि ६ हप्ताको हुनेछ ।

Published Date: 16 January 2025


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु