नौबिसे–नागढुङ्गा सुरुङ्गमार्गको म्याद पुन: नौ महिना थप

नौबिसे–नागढुङ्गा सुरुङ्गमार्गको म्याद पुन: नौ महिना थप : Icon Khabar

काठमाडौँ, माघ २८ । नौबिसे–नागढुङ्गा सुरुङ्गमार्गको म्याद नौ महिना थप भएको छ । निर्धारित समयमा सुरुङ्गमार्गको काम नसकिने भए पनि पुनः नौ महिना म्याद थप गरिएको आयोजना प्रमुख माधव प्रसाद अधिकारीले जानकारी दिए। यो पटक को म्याद थप तेस्रो पटक थपेको हो। उनका अनुसार आयोजना सन् २०२४ को अप्रिल २५ सम्म म्याद कायम भएको छ ।

धादिङ सिस्ने खोलादेखि काठमाडौँ सतुङ्गल जोड्ने आयोजनाको यसअघि पनि ८६ दिन म्याद थप गरिएको थियो। पहिले थपिएको म्याद आगामी जुलाई महिनामा सकिँदै थियो ।

तर, निर्माण कम्पनीले बाँकी काम निर्धारित समयमै नसकिने भनेर म्याद थप्न प्रस्ताव गरेको थियो । आयोजना प्रमुख अधिकारीले भने,“निर्माण कम्पनीले पहिले थपेको म्याद अनुसार तोकेको समयमा काम सम्पन्न नुहने भन्दै म्याद थपको लागि प्रस्ताव गरेको थियो । सोही बमोजिम नौ महिना म्याद थप गरी सन् २०२४ अप्रिल २५ सम्म पुर्‍याएका छौँ ।” सुरुङ मार्ग निर्माणको जिम्मा हाज्मा आन्द्रो जेभीले पाएको छ ।

आयोजनाको अहिलेसम्म ४७.९ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 February 2023
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित