नौबिसे–नागढुङ्गा सुरुङ्गमार्गको म्याद पुन: नौ महिना थप

नौबिसे–नागढुङ्गा सुरुङ्गमार्गको म्याद पुन: नौ महिना थप : Icon Khabar

काठमाडौँ, माघ २८ । नौबिसे–नागढुङ्गा सुरुङ्गमार्गको म्याद नौ महिना थप भएको छ । निर्धारित समयमा सुरुङ्गमार्गको काम नसकिने भए पनि पुनः नौ महिना म्याद थप गरिएको आयोजना प्रमुख माधव प्रसाद अधिकारीले जानकारी दिए। यो पटक को म्याद थप तेस्रो पटक थपेको हो। उनका अनुसार आयोजना सन् २०२४ को अप्रिल २५ सम्म म्याद कायम भएको छ ।

धादिङ सिस्ने खोलादेखि काठमाडौँ सतुङ्गल जोड्ने आयोजनाको यसअघि पनि ८६ दिन म्याद थप गरिएको थियो। पहिले थपिएको म्याद आगामी जुलाई महिनामा सकिँदै थियो ।

तर, निर्माण कम्पनीले बाँकी काम निर्धारित समयमै नसकिने भनेर म्याद थप्न प्रस्ताव गरेको थियो । आयोजना प्रमुख अधिकारीले भने,“निर्माण कम्पनीले पहिले थपेको म्याद अनुसार तोकेको समयमा काम सम्पन्न नुहने भन्दै म्याद थपको लागि प्रस्ताव गरेको थियो । सोही बमोजिम नौ महिना म्याद थप गरी सन् २०२४ अप्रिल २५ सम्म पुर्‍याएका छौँ ।” सुरुङ मार्ग निर्माणको जिम्मा हाज्मा आन्द्रो जेभीले पाएको छ ।

आयोजनाको अहिलेसम्म ४७.९ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

Published Date: 11 February 2023


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग