रियल मड्रिडमाथि शानदार जित निकाल्दै बार्सिलोना सुपर कप च्याम्पियन

रियल मड्रिडमाथि शानदार जित निकाल्दै बार्सिलोना सुपर कप च्याम्पियन : Icon Khabar

काठमाडौँ, पुस २९ । रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ ।

साउदी अरबमा आइतवार स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग रियल ५-२ ले पराजित भएको हो । यसअघि अक्टोबरमा स्पेनिस ला लिग एल क्लासिकोमा पनि बार्सिलोनाले रियललाई ४-० ले हराएको थियो ।

बार्सिलोनाको जितमा राफिन्हाको २ , लामिन यमल, रोबर्ट लेवान्डोस्की र एलेजान्ड्रो बाल्डेको समान १ गोल गरे । रियलका लागि किलियन एमबाप्पे र रोड्रिगोले गोल गरे ।

खेलमा सुरुवाती अग्रता रियलले लिएको थियो। एमबाम्पेले पाँचौं मिनेटमा नै गोल गरेका थिए । यमलले २२औं मिनेटमा बार्सिलोनाका लागि बराबरी गोल गरे ।

३६औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । राफिन्हाले ३९औं र ४८औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता बढाए । पहिलो हाफको इन्ज्युरी समयमा बाल्डेले गोल गरेका थिए ।

बार्सिलोनाका गोलकिपरले ५६औं मिनेटमा रातो कार्ड खाँदै मैदान छाड्नु परेको थियो । उनले मैदान छोडे लगत्तै रियलका रोड्रिगोले गोल फर्काए पनि रियलले खेलमा पुनरागमन गर्न सकेन ।–एजेन्सी

Published Date: 13 January 2025


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु