रियल मड्रिडमाथि शानदार जित निकाल्दै बार्सिलोना सुपर कप च्याम्पियन

रियल मड्रिडमाथि शानदार जित निकाल्दै बार्सिलोना सुपर कप च्याम्पियन : Icon Khabar

काठमाडौँ, पुस २९ । रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ ।

साउदी अरबमा आइतवार स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग रियल ५-२ ले पराजित भएको हो । यसअघि अक्टोबरमा स्पेनिस ला लिग एल क्लासिकोमा पनि बार्सिलोनाले रियललाई ४-० ले हराएको थियो ।

बार्सिलोनाको जितमा राफिन्हाको २ , लामिन यमल, रोबर्ट लेवान्डोस्की र एलेजान्ड्रो बाल्डेको समान १ गोल गरे । रियलका लागि किलियन एमबाप्पे र रोड्रिगोले गोल गरे ।

खेलमा सुरुवाती अग्रता रियलले लिएको थियो। एमबाम्पेले पाँचौं मिनेटमा नै गोल गरेका थिए । यमलले २२औं मिनेटमा बार्सिलोनाका लागि बराबरी गोल गरे ।

३६औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । राफिन्हाले ३९औं र ४८औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता बढाए । पहिलो हाफको इन्ज्युरी समयमा बाल्डेले गोल गरेका थिए ।

बार्सिलोनाका गोलकिपरले ५६औं मिनेटमा रातो कार्ड खाँदै मैदान छाड्नु परेको थियो । उनले मैदान छोडे लगत्तै रियलका रोड्रिगोले गोल फर्काए पनि रियलले खेलमा पुनरागमन गर्न सकेन ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 January 2025
Website | + posts




ताजा
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता