भक्तपुरमा आज छ्याला पून्ही, पूराना माटाका भाँडाहरु फुटाएर मनाइदै

भक्तपुरमा आज छ्याला पून्ही, पूराना माटाका भाँडाहरु फुटाएर मनाइदै : Icon Khabar

भक्तपुर, पुस १९ । भक्तपुरमा आज चोकचोकमा पूराना माटाका भाँडाहरु फुटाएर छ्याला पून्ही मनाइदैँ छ । आज भक्तपुर नगरभरिका टोलटोलका चोकहरुमा माटाका भाडाहरु फुटाएर यो पुर्णिमा मनाइने गर्दछ।

यो पर्व प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाको दिन मनाइन्छ । यस दिन यसरी नै घरघरबाट स्थानीयले नजिकको चोकमा घरघरमा भएका पुराना काम नलाग्ने चर्किएका फुटेका माटाका भाडा फुटाल्न लाने चलन छ । नेवार समुदायमा माटाका भाडा वर्षमा एक पटक फाल्न लाने र एकपटक भित्राउने परम्परा छ जसमा छ्याला पुन्हीको दिन फाल्न लाने र दशैंमा भित्राउने परम्परा रहेको संस्कृतिविदहरु बताउछन।

घरमा पुरानो चर्के फुटेको भाडा राखिराख्दा अशुभ हुने जनविश्वास रहेकोले वर्षमा एक पटक छ्याला पुन्हीको दिन पुराना भाडा चोकमा फाल्न लाने बताउछन ।

आजकै दिनबाट नै काठमाडौंको साँंखुमा माधवनारायाणको स्वस्थानी ब्रत भक्तपुरको हनुमानघाटमा माधबनारायणको ब्रत सुरु हुने परम्परा छ । साथै यही दिनबाट घरघरमा स्वस्थानी कथा वाचन गर्ने क्रम पनि सुरु हुन्छ ।

Published Date: 13 January 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै