भक्तपुरमा आज छ्याला पून्ही, पूराना माटाका भाँडाहरु फुटाएर मनाइदै

भक्तपुरमा आज छ्याला पून्ही, पूराना माटाका भाँडाहरु फुटाएर मनाइदै : Icon Khabar

भक्तपुर, पुस २९ । भक्तपुरमा आज चोकचोकमा पूराना माटाका भाँडाहरु फुटाएर छ्याला पून्ही मनाइदैँ छ । आज भक्तपुर नगरभरिका टोलटोलका चोकहरुमा माटाका भाडाहरु फुटाएर यो पुर्णिमा मनाइने गर्दछ।

यो पर्व प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाको दिन मनाइन्छ । यस दिन यसरी नै घरघरबाट स्थानीयले नजिकको चोकमा घरघरमा भएका पुराना काम नलाग्ने चर्किएका फुटेका माटाका भाडा फुटाल्न लाने चलन छ । नेवार समुदायमा माटाका भाडा वर्षमा एक पटक फाल्न लाने र एकपटक भित्राउने परम्परा छ जसमा छ्याला पुन्हीको दिन फाल्न लाने र दशैंमा भित्राउने परम्परा रहेको संस्कृतिविदहरु बताउछन।

घरमा पुरानो चर्के फुटेको भाडा राखिराख्दा अशुभ हुने जनविश्वास रहेकोले वर्षमा एक पटक छ्याला पुन्हीको दिन पुराना भाडा चोकमा फाल्न लाने बताउछन ।

आजकै दिनबाट नै काठमाडौंको साँंखुमा माधवनारायाणको स्वस्थानी ब्रत भक्तपुरको हनुमानघाटमा माधबनारायणको ब्रत सुरु हुने परम्परा छ । साथै यही दिनबाट घरघरमा स्वस्थानी कथा वाचन गर्ने क्रम पनि सुरु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 January 2025
Website | + posts




ताजा
राष्ट्र बैंकले चाँदीको सिक्का बेच्दै,एक जनाले एउटा मात्रै किन्न पाइने
मंगलबार सुनको भाउ २ लाख ५० हजार नजिक पुग्यो
अनलाइन वित्तीय ठगीबाट बच्न सबैलाई राष्ट्र बैंकको आग्रह
मंगलबार का लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित